परिश्रमी साकोस , थानकोटले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सहकार्यमा न्युनतम व्याजदरमा शेयर सदस्यहरुलाई ऋण प्रवाह गरी स्वरोजगार बनाउने काम गरिरेको छ : परिश्रमी साकोस , थानकोटका अध्यक्ष कृष्णप्रसाद शाही (खड्गी)

0 Shares

काठमाडौंको चन्द्रागिरी नगरपालिका- ३ , थानकोट इमाखेलमा सञ्चालन भइरहेको परिश्रमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सहकार्य गरी आफ्ना शेयर सदस्यहरुलाई न्युनतम व्याजदरमा ऋण प्रवाह गरी स्वरोजगारी बनाउने काम गरिरहेको जनाएको छ । सहकारी सञ्जालसँग कुरा गर्दै सो संस्थाका अध्यक्ष कृष्णप्रसाद शाही (खड्गी) ले उक्त कुरा बताउदै यो कार्यक्रम अन्तर्गत ३०० युवा स्वरोजगार भएको बताउनुभयो । उहाँहरुलाई प्रदान गरिने सोही कार्यक्रम अन्तर्गतको ऋण मध्ये १० प्रतिशत व्याज सहित सावा यस संस्थाले लिए पछि सो व्याजको ६० प्रतिशत पुन: सम्बन्धित सदस्यलाई फिर्ता दिने गरेको उहाँको भनाइ छ । उहाँले “यस संस्थाका महिला  सदस्यहरुलाई सीपमूलक तालिम प्रदान गरी उद्यमी बनाउने कार्यक्रम सञ्चालन भइरहेको छ । यस कार्यक्रममा महिला सदस्यहरुको सहभागी हुने क्रम चलिरहेको छ” भन्नुभयो । यस संस्थामा २०७६ कार्तिक मसान्तभित्र शेयर सदस्य १,१२० , शेयर पूँजी रु. २ करोड ९० लाख , निक्षेप संकलन रु.२९ करोड र ऋण लगानी रु.२८ करोड रहेको उहाँको कथन छ ।

सो संस्थाको २०७६ कार्तिक १० गते चन्द्रागिरी हिल्स (केवलकार) ,थानकोटमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष कृष्णप्रसाद शाही (खड्गीको) अध्यक्षतामा सम्पन्न भयो । त्यस साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले यस प्ररिश्रमी साकोसले समाजमा प्रतिष्ठा आर्जन गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको देख्ता खुशी लागेको छ भन्नु भएको  थियो । बिभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको त्यस सभामा उक्त संस्थाका अध्यक्ष शाहीको तर्फबाट त्यसै संस्थाका सचिव जयराम प्रसाद लुइटेलले सो संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष विष्णुप्रसाद सिग्देलले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक विष्णुप्रसाद शाहीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस अवसरमा बिभिन्न विधामा सम्मान गरिएको थियो ।

Leave a Reply