थानकोट महिला जागरण साकोस , थानकोटको शेयर पूँजी रु.१,०१,४५,४०० पुगेको छ : थानकोट महिला जागरण साकोसकी अध्यक्ष सपना श्रेष्ठ
काठमाडौंको चन्द्रागिरी नगरपालिका – ३ , थानकोट इमाखेलमा सञ्चालनमा रहेको थानकोट महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि. मा २०७६ कार्तिक मसान्तभित्र शेयर सदस्य २,२४५ , समूह ६० वटा , खुत्रुके बचतकर्ता रु.१.१४० , शेयर पूँजी रु.१,०१,४५,४०० , निक्षेप संकलन रु.७,८५,४१,९२६ र ऋण लगानी रु.८,३४,८१,३०० रहेको त्यस संस्थाले जनाएको छ । सोही संस्थाकी अध्यक्ष सपना श्रेष्ठले उक्त कुरा बताउदै गत महिना सम्पन्न यस संस्थाक़ो १३औं वार्षिक साधारणसभाले तय गरेका नीति तथा कार्यक्रमहरुको कार्यान्वयन गरिरहेको सहकारी सञ्जाललाई बताउनुभयो ।
उक्त संस्थाको १३औं वार्षिक साधारणसभा २०७६ कार्तिक २ गते ग्रिनल्याण्ड वैंक्वेट , थानकोटमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष डी.बी. बस्नेतको प्रमुख आतिथ्यता र त्यस संस्थाकी अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । सो साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि बस्नेतले यस थानकोट महिला जागरण साकोसले आर्थिक तथा सामाजिक क्षेत्रमा योगदान गर्दै गरिरहेको प्रगतिको प्रशंसा गर्दै खराब अवस्थाका कारण कुनै पनि साकोसले भाग्ने अवस्था नआओस् भनेर नेफ्स्कूनले योजनाबद्ध ढंगबाट सहकारी शिक्षा तथा अभिमुखीकरण तालिम सञ्चालन गरिरहेको छ भन्नुभयो । चन्द्रागिरी नगरपालिका सहकारी शाखा प्रमुख रजश खडका लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको त्यस साधारणसभामा बिभिन्न क्षेत्रसँग सम्बद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उक्त संस्थाकी उपाध्यक्ष निर्मला श्रेष्ठले सञ्चालन र सञ्चालक सदस्य शिला महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो सभामा त्यसै संस्थाकी अध्यक्ष सपना श्रेष्ठको तर्फबाट त्यही संस्थाकी सचिव विना गोपालीले सोही संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष अष्टमाया श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक विमला महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।
त्यस अवसरमा सो संस्थाको समूहहरु मध्ये उत्कृष्ट संयोजक दिलमाया महर्जन – किसिपिडी ‘ख’ ,, धेरै प्रकारको बचतमा उत्कृष्ट रमिला महर्जन (ऋण समिति) इमाखेल ‘ग’ , उत्कृष्ट शेयर सदस्यद्वय दिलकुमारी नेपाली – बेसीगिउँ ‘क’ , गंगा गोपाली (सल्लाहकार) चापले , नियमित बचतमा उत्कृष्ट रजनी थापा – माटिखेल र राधा गौतम -फञ्चकन्या , असल ऋणीमध्ये धितो ऋणमा मैया सञ्जेल -बेसीगाउँ ‘क’ र विना धितो ऋणमा धनमाया महर्जन बस्नेतछाप ‘घ’ , खुत्रुके बचतमा उत्कृष्ट करुणा थापा मगर – माटिखेल , प्रनिशा महर्जन -बेसीगाउँ ‘ख’ , सुकिजा श्रेष्ठ -इमाखेल र प्रजिना सुवेदी – बासुण्डोल ‘क’ , जेष्ठ शेयर सदस्यहरु थानकोटकी गणेशमाया श्रेष्ठ – धोकासी , बेसीगाउँकी जगतमाया महर्जन -बेसीगाउँ , चेकपोष्टकी बेरै महर्जन – महादेवस्थान ‘ख’ बलम्बुकी पुनमाया श्रेष्ठ – श्री जनशील , दहचोककी रुजु दानी – बस्नेतछाप ‘क’ र बाडभञ्ज्याङकी भवानी सुवेदीलाई सम्मान गरिएक़ थियो भने शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई.मा उत्कृष्ट जी.पी.ए. का साथ उत्तीर्ण विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रशंसा-पत्र प्रदान गरिएको थियो । त्यस संस्थाकी व्यवस्थापक विपना महर्जनले सहजीकरण गर्नु भएको त्यस सभामा शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश प्रदान गर्नूका साथै व्याग वितरण गरिएको थियो ।



