बलम्बु च्याउ सहकारी संस्था लि. को ११औं वार्षिक साधारणसभा सम्पन्न , सो संस्था अन्तर्गतको अनुसन्धान तथा तालिम केन्द्रले ग-यो च्याउ उत्पादन सम्बन्धी तालिम
काठमाडौंको चन्दार्गिरी नगरपालिका -१२ , बलम्बुमा आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालन भइरहेको बलम्बु च्याउ सहकारी संस्था लि. को ११औं वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष धर्मेन्द्र महर्जनको अध्यक्षतामा २०७६ कार्तिक ३० गते क्वाथ मैदान बलम्बुमा सम्पन्न भयो ।



नाष्टका सचिव एवं वरिष्ठ च्याउ वैज्ञानिक डा.महेश अधिकारीले सो साधारणसभाको उद्घाटन गर्दै यस बलम्बु च्याउ सहकारी संस्था लि. ले आफ्नो वित्तीय अवस्थामा प्रगति गर्दै सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पु-याएर च्याउ उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको भन्दै खुशी प्रकट गर्नुभयो । उहाँले च्याउको महत्व र यसको उत्पादन सम्भावनाका बारेमा प्रकाश पार्नु भएको थियो । उक्त अवसरमा च्याउ वैज्ञानिक डा. बुद्धिराज खड्गी लगायतले सो साधारणसभाको सफलताको कामना व्यक्त गर्नुभयो ।

सोही संस्थाका सचिव /प्रवन्ध निर्देशक अमरदीप सिंह महर्जनले सञ्चालन र शिक्षा उप-समिति संयोजक हीरादेवी महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस सभामा सोही संस्थाका अध्यक्ष धर्मेन्द्र महर्जनले उक्त संस्थाको वार्षिक प्रतिवेदन , सचिव / प्रवन्ध निर्देशक अमरदीप सिंह महर्जनले प्रगति प्रतिवेदन , कोषाध्यक्ष बुद्ध श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुजिन्द्र महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । आवश्यक छलफल गरी पारित भएका प्रतिवेदनहरुमा उक्त संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा पुरुष १,४०४ जना , महिला १,३३९ र संस्थागत ११ वटा गरी २,५५४ शेयर सदस्य , निक्षेप संकलन रु.३१,००,७३,३३१ , शेयर पूँजी रु.२,७०,४८,००० , ऋण लगानी रु.२७,६३,६९,०१८ , राजश्व दाखिला रु.२०,४३,०८३ , जगेडा कोष रु.७५,५४,०११ , अन्य कोष रु.१,००,३९,६७६ , सञ्चालन नाफा रु.४,६८,८१,७२७ , सञ्चालन खर्च रु.३,९३,८०,४५१ , खुद नाफा (बचत ) रु.७५,०१,२८२ रहेको उल्लेख छ ।

त्यस अवसरमा सो संस्थाका असल बचतकर्ता बाबुकाजी श्रेष्ठ र भक्तबहादुर श्रेष्ठ , असल ऋणी दीपक अमगाई र निश्चल गोपाली , असल शेयर सदस्य प्रदीप महर्जन , उत्कृष्ट च्याउ उद्यमी परीक्षा हितमान सिंह बानियालाई र विकाश रिमाललाई सम्मान गरियो । त्यसैगरी स्थानीय ८ थरी सांस्कृतिक बाजागाजाका प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो ।




यसैगरी सो संस्था अन्तर्गतको च्याउ अनुसन्धान तथा तालिम केन्द्रको आयोजनामा २०७६ मंसीर ४ देखि ६ गतेसम्म सो केन्द्रको कार्यालय बलम्बुमा ३ दिवसीय च्याउ उत्पादन तालिम सम्पन्न भयो । विभिन्न जिल्लाका २७ जना च्याउ उत्पादक कृषकहरुको सहभागिता रहेको उक्त तालिममा नाष्टका सचिव तथा वरिष्ठ च्याउ वैज्ञानिक डा. महेश अधिकारी , बलम्बु च्याउ सहकारी संस्था लि. का अध्यक्ष धर्मेन्द्र महर्जन तथा सो संस्था अन्तर्गतको अनुसन्धान तथा तालिम केन्द्रका तालिम निर्देशक सुमन महर्जनले प्रशिक्षण दिनु भएको थियो । उक्त अवसरमा नाष्टका सचिव तथा वरिष्ठ वैज्ञानिक डा. अधिकारीले व्यातिगत ढंगबाट च्याउ अनुसन्धानमा सहयोग पुगोसा भनी सो केन्द्रलाई माइक्रोस्कप प्रदान गर्नु भयो ।



