जगतश्री साकोस , ठेचोको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न , सो संस्थाको कूल कारोवार रु.२०,४५,४५,०००
ललितपुरको गोदावारी नगरपालिका – १२ , ठेचोमा रहेको जगत श्री बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०७६ मंसीर ७ गते उक्त संस्थाको आफ्ऩै कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको सो संस्थाले जनाएको छ । त्यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको सो रक्तदान कार्यक्रममा ६९ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको सोही संस्थाका व्यवस्थापक अनिल महर्जनले सहकारी सञ्जाललाई बताउनुभयो । २०७६ मंसीर १० गतेसम्म हाम्रो यस संस्थामा शेयर सदस्य १,९६५ जना , शेयर पूँजी रु. २,५३,३९,००० , कर्जा लगानी रु.१८,०२,४१,००० , निक्षेप संकलन रु.१७,१२,९७,००० , जगेडा तथा अन्य कोष रु.७४,२३,६६५ र कूल कारोवार रु.२०,४५,४५,००० रहेको उहाँको भनाइ छ । उहाँले यतिबेला हाम्रो यस संस्थाले आफ्नो ११औं वार्षिक साधारणसभाले पारित गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको छ भन्नुभयो ।
सो संस्थाको ११औं वार्षिक साधारणसभा गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष सानु महर्जनको अध्यक्षतामा २०७६ असोज ११ गते डी.जी.. पार्टी प्यालेस , ठेचोमा सम्पन्न भएको थियो । त्यस साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि महर्जनले यस जगत श्री बचत तथा ऋण सहकारी संस्था लि.ले सर्वसाधारणबाट निक्षेप संकलन तथा ऋण लगानी भन्दा माथि उठेर सामाजिक क्षेत्र एवं समुदायभित्र आफूलाई चिनाउन खेलेको भूमिका प्रशंसनीय रहेको बताउदै यसले जगतबहादुर स्मृति गुठीसँग सहकार्य गरी शिक्षा , स्वास्थ्य तथा सामिजिक क्षेत्रमा बिभिन्न क्रियाकलाप गरी सहकारीकर्मी एवं नगरबासीको मन जित्न सफल रहेको र आगामी दिनमा यो संस्था ललितपुर जिल्लाको उत्कृष्ट सहकारी संस्था बन्न सकोस् भनी कामना व्यक्त गर्नु भयो । त्यस संस्थाका उपाध्यक्ष राजाराम महर्जनले स्वागत मन्तव्य र सचिव सोविन्द्र महर्जनले सञ्चालन गर्नु भएको त्यस सभामा उक्त संस्थाका अध्यक्ष सानु महर्जनले सो संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष हिराकाजी महर्जनले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक कृष्णगोपाल डंगोलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । ती प्रतिवेदनहरुमा आर्थिक वर्ष २०७५/०७६ मा त्यस संस्थामा शेयर पूँजी रु.२,५३,३५,५०० , निक्षेप रु.१८,४१,३५,५५९ , कर्जा लगानी रु.१७,२५,७२,४८५ , कोष व्यवस्था रु.८८,०५,४३२ , नाफा रु.२२,३९,७८५ , सम्पति तथा दायित्व रु.२१,९४,०३,१४४/६३ रहेको उल्लेख छ ।
त्यस अवसरमा सो संस्थाका शेयर रहनु भएका राष्ट्रिय खेलकुद फरिषदबाट हालै पुरस्कृत हुनु भएका कराँतेका राष्ट्रिय प्रशिक्षक गंगाराम महर्जन र प्याब्सनक़ो ललितपुर जिल्ला अध्यक्ष पदमा निर्वाचित राधाकृष्ण महर्जनलाई सम्मान गरिएको थियो ।
उक्त सभामा सहकारी अभियानका साथै विभिन्न क्षेत्रसँग सम्बद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
