राष्ट्रिय सहकारी बैंक लि.बाट श्री बाराही साकोस , भुलाँचा , भक्तपुरलाई बधाई ज्ञापन

0 Shares

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि।. , भुलाञ्चा ,भक्तपुरले एशियाली ऋण महासंघद्धारा सञ्चालित एक्सेस ब्राण्डिङ्ग कार्यक्रममा सहभागी भई निरन्तर रुपमा चौथौं पटक २०१९मा पनि ऐक्सेस ब्राण्ड ब्रोन्ज पाउन सफल भएकोमा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष  के. बी. उप्रेतीले यस साकोसको कुशल नेतृत्व प्रदान गर्नुहुने संस्थाका अध्यक्ष बलराम प्रजापति सहित सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु , कुशल व्यवस्थापन प्रदान गर्नु हुने व्यवस्थापक  शिवजी हाकुदुवाल लगायत उच्च व्यवस्थापन र सम्पूर्ण साकोस परिवारलाई हार्दिक बधाई ज्ञापन गर्दै यस बाराही साकोसको सफल नेतृत्व तथा कुशल व्यवस्थापनमा यहाहरुले आगामी दिनमा समेत आफ्नो सदस्य र देशको समग्र आर्थिक, सामाजिक एवम् सांस्कृतिक विकासमा उल्लेख्य योगदान मार्फत सहकारी अभियानलाई विश्व सामू चिनाउन थप सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालकद्वय  सरिता भटराई र ज्ञानबहादुर तमाङ्ग, केन्द्रय उप-समिति सदस्य सत्यनारायण प्रजापति ,शाखा समन्वय उप-समिति संयोजक  केदार खड्का, सदस्य देवराज न्यौपाने, सदस्य  शनिष लागेजू, सदस्य  ध्रुवबहादर रायमझी, कृषि सहकारी संस्था लि.का अध्यक्ष  कुलबहादुर न्हेम्हाफुकी साथै बाराही साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति लगायत संस्थाका व्यवस्थापनका कर्मचारीहरु समेतको उपस्थितिमा मिति २०७६ मंसीर ०५ गते  बाराही साकोसको तालिम हलमा बाराही  साकोसलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भयो ।

Leave a Reply