सुभेक्ता साकोसको ११औं वार्षिक साधारणसभा २०७६ पुस २६ गते हुने कार्यक्रम तय भएको छ

0 Shares

पूर्णप्रसाद डंगोल , प्रमुख कार्यकारी आधिकृत ,  सूभेक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेढ , सैंबु , खोकना दोबाटो , ललितपुर

 

ललितपुरको सैंबु खोकना दोबाटोमा सुभेक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेड आफ्नै सुविधा सम्पन्न भवनबाट विगत १ वर्षदेखि सञ्चालन भइरहेको छ । यसको गतिविधि लगायतका विषयमा  केन्द्रित रहेर सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद डंगोलसँग छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।

१.  यसबेला सुभेक्ता साकोसको गतिविधि के छ ?

~ हाम्रो यस संस्थाले आफ्नो नियमित रुपमा गर्नु पर्ने कार्य गरिरहेको छ । यसैक्रममा यसले बचत तथा ऋण कारोविर , रेमिट्यान्स  सेवा , एम्बुलेन्स सेवा र रेण्टल (क्याटरिङ) सर्भिस सञ्चालन गरिरहेको छ । आफ्नो नियमित कार्य अन्तर्गत नै हाम्रो यस संस्थाको ११औं वार्षिक साधारणसभा २०७६ पुस २६ गते संस्थाको आफ्नै प्राङ्गणमा हुने कार्यक्रम तय भएकोले त्यसैमा हामी केन्द्रित भएका छौं ।

२. यो संस्थाको शेयर सदस्य , शेयर पूँजी , निक्षेप संकलन , कर्जा लगानी , जगेडा तथा अन्य कोषहरु  कति छ नि ?

~ आर्थिक वर्ष २०७५/०७६ मा यस संस्थामा शेयर सदस्य ७३४ जना , शेयर पूजी रु.५० लाख , निक्षेप संकलन रु.६ करोड ५० लाख , कर्जा लगानी रु.५ करोड , जगेडा तथा अन्य कोषहरु रु.८ लाख ६९ हजार र कर्जा नोक्सान  व्यवस्था कोष २ लाख २५ हजार ९ सय ११ रहेको छ ।

३. यस संस्थाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवा र रेण्टल सर्भिसको व्यवस्थापन चाहिँ  कसरी भइरहेको छ नि ?

~ यस संस्थाले सुभेक्ता सेवा समाजसँग सहकार्य गरी एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ । यो विशुद्ध सामाजिक सेवाभावले सञ्चालन भइरहेको छ । यसको सञ्चालनको लागि विभिन्न सामाजिक संघ/संस्थाहरुबाट बेला -बेलामा सहयोग पनि प्राप्त भइरहेको छ । यसको हालसम्मको अवस्था राम्रो छ ।

यसैगरी यस संस्थाले आफ्नै व्यवस्थापनमा सञ्चालन गरिरहेको रेण्टल सर्भिसबाट यो संस्थाका शेयर सदस्यहरुलाई भारी छुटका साथ सेवा प्रदान भइरहेको छ । यसको अवस्था पनि राम्रो छ ।

४.  यस संस्थाले अरु सामाजिक कार्य पनि गरिरहेको छ कि ?

~ हाम्रो यस संस्थाले बेला- बेलामा स्वास्थ्य शिवीर , वार्षिक साधारणसभाको अवसरमा आफ्नो कार्यक्षेत्रभित्र पर्ने सैंबु , खोकना तथा बुङ्मतीमा सञ्चालित सार्वजनिक विद्यालयहरुका १० जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्दै आइरहेको छ ।

५.    यो संस्थाको भावी कार्यक्रम के छ नि ?

~ यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई जीवन वीमा गराउने , उनीहरुलाई व्यापार तथा वित्तीय परामर्श सेवा दिने , छिमेकी सहकारीहरुसँग सहकार्य गरी दिगो लगानीको योजनाका लागि अन्तर्क्रिया छलफल जस्ता कार्यक्रम गर्ने तथा  संस्थाबाट ऋण लिई कारोवार गर्ने ऋणी शेयर सदस्यहरुलाई वीमा गराएर ऋणीलाई सुरक्षित गरी पारिवारिक बहन कम गर्ने आदि कार्यक्रम गर्ने योजना रहेको छ ।

६.    यो संस्थाको भवन कसरी उपयोग भइरहेको छ नि ?

~ यस संस्थाको प्रशासनिक काम आफ्ने भवनबाट भइरहेको छ । रेमिट सेवा भने यसले  आफ्नो भवन नजिकैको अलग्गै भाडाको भवनबाट प्रदान गरिरहेको छ । आगामी दिनमा रेमिट्यान्स सेवा सहितका सबै वित्तीय कारोवार तथा संस्थाको काम कारवाही आफ्नै भवनबाट गर्ने योजना बनिरहेको छ ।

७.   ललितपुर महानगरपालिका अन्तर्गत रहेर सञ्चालन भइरहँदा यस संस्थालाई सजिलो या अफ्ठ्यारो कस्तो छ ?

~ अहिले  ठिकै छ । ललितपुर महानगरपालिकामा सहकारी शाखामा कर्मचारी संख्या कम देखिएको छ । सहकारी संस्थाहरुलाई प्रभावकारी सेवा दिन कर्मचारी संख्या , भौतिक पूर्वाधार आदिको आवश्यक व्यवस्था गर्नु पर्ने  देखिन्छ ।

८.  सहकारी मर्जरबारे तपाईको भनाई के छ ?

~ नेपाल सरकारले ल्याएको सहकारी मर्जर नीतिलाई हामीले स्वीकार्नु पर्दछ तर सहकारी मर्जर विशेष योजना र कार्यक्रमका साथ सरकारले अगाडि बढाउनु आवश्यक छ ।

९.   सहकारी सन्दर्भ व्याजदरबारे तपाई के भन्नुहुन्छ नि ?

~ सहकारी सन्दर्भ व्याजदर आकस्मिक रुपमा एकै पटक लागू गर्दा सहकारीलाई केही न केही मर्का त परेकै छ । सहकारीलाई केही समय अवधि दिएर यसलाई  लागू गरेको भए राम्रो हुन्थ्यो कि ?

१०.  कोपोमिसबारे तपाईको के भनाई छ  ?

~ कोपोमिसबारे राज्यको सम्बन्धित निकायले सहकारीहरुलाई राम्रोसँग तालिम दिएर यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्नु राम्रो हुन्छ । कोपोमिसले सहकारी संस्थाहरु र तिनका सदस्यहरुको गोपनियता कायम गर्नु पर्दछ ।

११. राज्यको अर्थतन्त्रको ३ खम्बामध्ये तेस्रो खम्बा सहकारी हो भनिन्छ तर यो अरु २ खम्बाको तुलनामा कमजोर देखिन्छ । यसलाई मजबुत बनाउन के गर्नु पर्ला ?

~ सम्पूर्ण सहकारी संघ/संस्थाहरु इमान्दारी र पारदर्शीतापूर्वक सञ्चालन हुनुपर्दछ । राज्यले पनि सहकारीलाई राष्ट्रिय योगदान दिने हिसावले   प्राथमिकताको आधारमा सेवा सुविधा प्रदान गर्नु परो र सहकारी मैत्री नीति , ऐन /नियम बनाएर कार्यान्वयन गर्नु पर्दछ । राज्यले सहकारीलाई वित्तीय कारोवारसँगै उत्पादन तथा वितरणमूलक क्षेत्रमा लाग्ने वातावरण बनाउनु जरुरी छ ।

१२.अन्तमा केही भन्नु छ कि ?

~ हाम्रो यस संस्थाको २०७६ पुस २६ गते हुने ११औं वार्षिक साधारणसभामा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

 

 

 

 

Leave a Reply