सतुङ्गल साकोस , सतुङ्गलको वासालात हिसाव रु.२०,६५,९७,८७४ रहेको छ : सतुङ्गल साकोसका अध्यक्ष सूर्यबहादुर महर्जन

0 Shares

काठमाडौंको चन्द्रागिरी नगरपालिका -११ , सतुङ्गलमा रहेको सतुङ्गल बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष सूर्यबहादुर महर्जनले २०७६ मंसीर ९ गते सम्म सो संस्थामा शेयर सदस्य १,८६८ जना , खुत्रुके बचतकर्ता ३५५ जना , शेयर पूँजी रु.१,६७,६०,००० , निक्षेप संकलन रु.१५,२५,२३,१२८/९८ , कर्जा लगानी रु.१४,२१,९४,७८७ र वासालात हिसाव रु.२०,६५,९७,८७४ रहेको बताउनु भएको छ । सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले अघिल्लो महिना सम्पन्न सोही संस्थाको १०ओं वार्षिक साधारणसभाले तय गरेका नीति तथा कार्यक्रम कार्यन्वयन भइरहेको छ भन्नुभयो ।

सो संस्थाको १०औं वार्षिक साधारणसभा २०७६ कार्तिक २३ गते कास्कूनका अध्यक्ष दीपक पनेरुको प्रमुख आतिथ्यता र त्यसै संस्थाका अध्यक्ष सूर्यबहादुर महर्जनको अध्यक्षतामा सतुङ्गल पार्टी प्यालेस , सतुङ्गलमा सम्पन्न भयो । उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पनेरुले यस सतुङ्गल साकोसले आफ्नो वित्तीय अवस्थामा गरिरहेको प्रगति र यसले सामाजिक तथा आर्थिक क्षेत्रमा पु-याइरहेको योगदान देख्ता आफूलाई खुशी लागेको बताउनु भएको थियो । उहाँले सन्दर्भ व्याजदरप्रति सहकारीकर्मीहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताउदै सहकारी संस्थाहरु मर्जरमा जानु पर्ने खाँचो औंल्याउनु भयो । त्यस अवसरमा चन्द्रगिरि नगरपालिका वडा नं. १० र ११ का वडा अध्यक्षहरु गोपालकृष्ण महर्जन र हरिभक्त महर्जन , सोही नगरपालिकाका सहकारी शाखा प्रमुख रजश खड्का लगायतले सो साधारणसभाको सफलताको कामना व्यक्त गर्नुभयो । उक्त संस्थाका सचिव राजकुमार महर्जनले सञ्चालन र सञ्चालक सदस्य पूर्णगोपाल श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस साधारणसभामा सोही संस्थाका अध्यक्ष सूर्यबहादुर महर्जनले त्यस संस्थाको वार्षिक प्रतिवेदन , , कोषाध्यक्ष प्रकाश श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक रेश्मा प्रधानले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा उक्त संस्थामा शेयर पूँजी रु.१,५७,५४,००० , जगेडा कोष रु.४१,१९,४७६/६६ , अन्य कोषहरु ५१,९७,४८४/५६ , बचत हिसाव रु.१५,७८,००,०६९/०३ , र कर्जा सापटी हिसाव रु.१४,५८,२३,४१०/५१ र लगानी रु.७७,४०० रहेको उल्लेख छ ।

सहकारी अभियान तथा समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त सभामा उत्कृष्ट बचतकर्ता पुरुषोत्तम श्रेष्ठ , अशोक महर्जन , विनु महर्जन र कविता महर्जन तथा रिक्स म्यानेजमेण्ट विषयको स्नातकोत्तर तहको २०७३ सालको परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने रेश्मा श्रेष्ठलाई सम्मान गरियो । त्यसैगरी ७७ वर्ष माथिका जङ्कु भएका त्यस संस्थाका जेष्ठ सदस्यहरुलाई पनि सम्मानित गरिएको थियो ।

Leave a Reply