समावेशी बहुउद्देश्यीय सहकारी संस्था लि. ले बहुउद्देश्यीय कार्य गर्न गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदनका आधारमा कार्य अगाडि बढाउने छौँ : समावेशी बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष न्हुछेबहादुर महर्जन महर्जन

ललितपुरको गोदावारी नगरपालिका – १२ , ठेचोमा रहेको समावेशी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष न्हुछेबहादुर महर्जनले वित्तीय कारोवार र माछा पालन गरिरहेको समावेशी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अरु बहुउद्देश्यीय कार्य गर्नको लागि अध्ययन गरी ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी गएको लक्ष्मी पूजाको दिन अध्ययन समिति गठन गरेको छ र त्यो समितिले बुझाएको प्रतिवेदनका आधारमा कार्य अगाडि बढाइने छ भन्नुभयो ।

सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले यसबेला यस संस्थाको ११औं वार्षिक साधारणसभाले पारित गरेको नीति तथा कार्यक्र्म कार्यान्वयन गरिरहेको बताउनुभयो । २०७६ मंसीर १३ गतेसम्म यस संस्थामा शेयर सदस्य संख्या १,८५३ , शेयर पूँजी रु.१,४८,८९,२०० , निक्षेप संकलन रु.१०,१७,२४,६५५/३२ , कर्जा लगानी रु.११,२०,२५,१६६ , जगेडा तथा अन्य कोष रु.२२,९८,५०९ र कूल कारोवार रु.१३,९२,२०,४९१ रहेको उहाँको भनाइ छ ।
उक्त संस्थाको ११औं वार्षिक साधारणसभा पहिलो संविधान सभाका सदस्य तथा प्रदेश नं. ३ का प्रदेश सभासद राजकाजी महर्जनको

प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष न्हुछेबहादुर महर्जनको अध्यक्षतामा २०७६ असोज ११ गते दलुचा रेष्टुरेण्ट , नयाँ बुद्धपार्क , सिमासीमा सम्पन्न भएको थियो । प्रमुख अतिथि महर्जनले यस समावेशी बहुउद्देश्यीय सहकारी संस्था लि. ले वित्तीय कारोवारसँगै उत्पादनमूलक कार्य गरी आर्थिक तथा सामाजिक क्षेत्रमा योगदान गरिरहेको र यस संस्थाको सूचाङ्क हेर्दा यो प्रगतिपथमा अगाडि बढिरहेको देखिएको बताउनूभयो । त्यस अवसरमा गोदावारी नगरपालिकाका सहकारी समिति सदस्य तारा दुलाल , सोही नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष जगतबहादुर महर्जन र राष्ट्रिय सहकारी बैंक लि. का चापागाउँ शाखाका प्रमुख रामशरण सापकोटाले उक्त संस्थाको उत्तरोतर फ्रगतिको कामना व्यक्त गर्नु भएको थियो । सो संस्थाका उपाध्यक्ष कृष्णबहादुर महर्जनले स्वागत मन्तव्य र सचिव कृष्णगोविन्द महर्जनले सञ्चालन गर्नु भएको त्यस सभामा सो संस्थाका अध्यक्ष न्हुछेबहादुर महर्जनले उक्त संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष हिरागोपाल महर्जनले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक जयगोविन्द महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाबाट पारित प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ त्यस संस्थामा शेयर पूँजी रु.१,४२,३९,००० , बचत निक्षेप रु.१०,०८,६५,५३५/७६ , कर्जा प्रवाह रु.१०,६६,,६६४८३ र कूल कारोवार रु.१४,०४,३१,९४९/३५ रहेको उल्लेख छ ।
सहकारी आभियानका साथै विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरु उपस्थित रहेको त्यस अवसरमा सोही संस्थाका उत्कृष्ट बचतकर्ता सदस्य साङ्गीमाया राई , उत्कृष्ट ऋणी सदस्य विमला खड्गी , उत्कृष्ट वाल बचतकर्ता कृष्टल महर्जन तथा उत्कृष्ट कर्मचारी : लेखापाल प्रवीणा महर्जनलाई सम्मान गरिएको थियो । यसैगरी सो संस्थाका जेष्ठ सदस्यहरु क्रमश: सूर्यमाया महर्जन , ज्ञानी महर्जन , हरिगोविन्द महर्जन , कृष्ण महर्जन , हरिगोविन्द महर्जन , मनकुमारी मज्ञर्जन , दशलाल महर्जन , श्यामलाल महर्जन , राजलाल महर्जन , हरिगोविन्द महर्जन , भाइराम महर्जन , सन्तकुमारी थापा मगर , राममाया महर्जन , सानुबाबु महर्जन , जगतबहादुर महर्जन , लक्ष्मी कुमारी महर्जन , हेरागोविन्द महर्जन , रामगोपाल महर्जन , राम मज्ञर्जन , रामभक्त महर्जन , केशरगोपाल महर्जन , काञ्छी महर्जन ,ज्ञानसी महर्जन , जो माया महर्जन , जीतमाया महर्जन , कृष्णकुमारी महर्जन र तुलशीमाया महर्जनलाई नगद सहित सम्मालन गरिएको थियो ।






