बृहत प्रतिफल बहुउद्देश्यीय सहकारी संस्था लि. को १४औं वार्षिक साधारणसभा सम्पन्न , संस्थाको कूल सम्पति रु.२७,९५,३६,४३८

0 Shares

 

ललितपुरको गोदावारी नगरपालिका – ११ , चापागाउँमा आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालन भइरहेको  बृहत प्रतिफल बहुउद्देश्यीय सहकारी संस्था लि. को १४औं वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष प्रदीप जोशीको अध्यक्षतामा २०७६ मंसीर ७ गते बज्रबाराही फूलबारी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस , झरुवारासीमा  सम्पन्न  भयो । गोदावारी नगरपालिका वडा नं. ११ का अध्यक्ष निलबहादुर देसारले सो साधारणसभाको उद्घाटन गर्दै यस बृहत प्रतिफल बहुउद्देश्यीय  सहकारी संस्धा लि. , ले स्थानीय कला र संस्कृतिको संरक्षणमा सहयोग गर्नुका साथै आर्थिक तथा सामाजिक क्षेत्रमा योगदान गरिरहेको बताउनुभयो। । त्यस अवसरमा जिल्ला सहकारी संघ लि., ललितपुरका सञ्चालक सदस्य कर्म देसार लगायतले सो संस्थाले गरिरहेको प्रगतीप्रति प्रशन्नता व्यक्त गर्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभयो ।

उक्त संस्थाका उपाध्यक्ष रत्नकेशरी सुवालले स्वागत मन्तव्य र समूह व्यवस्थापक रीता दाहालले सञ्चालन गर्नु भएको त्यस सभामा सोही संस्थाका अध्यक्ष प्रदीप जोशीले उक्त संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष राजेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक उत्तमलाल श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । सो सभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा उक्त संस्थामा शेयर पूँजी रु.१,९५,९३,९०० , निक्षेप संकलन रु.१६,०८,४९,४३१/७८ , रु. , कर्जा लगानी रु.२१,०९, ,३३,७६७/८४ रु. , सञ्चालन मुनाफा रु.३७,६२,७२४  र कूल सम्पति रु.२७,९५,३६,४३८ रहेको उल्लेख छ ।

सो संस्थाका जेष्ठ शेयर सदस्य अष्ठयाया डंगोल र सुकुराम डंगोल , असल बचतकर्ता डिल्लीप्रसाद घिमिरे , असल ऋणी ज्ञानेन्द्र महर्जन , असल व्यवसायी सरिता तामाङलाई सम्मान गरियो । त्यसैगरी त्यस संस्थाका शेयर सदस्यहरु मध्येका छोराछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए. ल्याई उत्तीर्ण हुने सृजना श्रेष्ठ र प्रनिक देसारलाई नगद सहित सम्मान गरिएको थियो ।  त्यस सभामा शुरुदेखि अन्तिमसम्म सहभागी हुने शेयर सदस्यहरु मध्ये लक्की ड्रबाट छनौट भएका १० जनालाई पुरस्कृत गरिएको थियो ।

त्यस साधारणसभाको संयोजन सोही संस्थाका व्यवस्थापक उत्तम राजबाहकले गर्नु भएको थियो ।

 

 

Leave a Reply