माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. को २०औं वार्षिक साधारणसभा सम्पन्न , संस्थाको वासालात हिसाव रु.४३,३९,७८,६४९/०४

0 Shares

काठमाडौंको ढुङ्गेधारा अन्नपूर्ण चोकमा आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालन भइरहेको  माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. को २० औ बार्षिक साधारणसभा आज माउण्टेन फुडल्याण्ड एण्ड पार्टी प्यालेस , माउन्ट धौलागिरी सहकारी कम्प्लेक्स , अन्नपूर्ण चोक, ढुङ्गेधारा , रिङ्गरोडको सभा हलमा सोही संस्थाका आध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भयो। राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेलले सो साधारणसभाको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले आफ्ना शेयर सदस्यहरुप्रति उत्तरदायी भई सहकारीको मूल्य र मान्यता अनुसार सञ्चालन भइरहेको यस माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.को सबै सूचाङ्क राम्रो देखिएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले  सहकारी संघ/संस्थाहरुको स्थायित्व र विकासका लागि राष्ट्रिय सहकारी विकास बोर्डले  सहकारी शिक्षा सम्बन्धी अभिमुखीकरण तथा तालिम जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उक्त संस्थाका सचिव एकनारायण उपाध्ययले सञ्चालन र सञ्चालक सदस्य राजेन्द्र बोहोराले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस सभामा नेपाल सरकारका भूतपूर्ब मुख्यसचिव मुकुन्द शर्मा पौडेल , बैकर्स योगेश्वर ढकाल , प्रा. डा. चन्द्रराज सापकोटा , प्रा. डा. ढुण्ढी पौडेल , प्रा. तिलकबहादुर कुँवर , नेपाल राष्ट्र बैंकका भूतपूर्व कानुन  प्रमुख रामहरि न्यौपाने , बिभागका निर्देशक डिलाराम सुवेदीले सहकारी अभियान तथा सामाजिक आर्थिक तथा सांस्कृति क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.को उत्तरोउतर प्रगतिको कामना व्यक्त गर्नुभयो ।  त्यस अवसरमा: वरिष्ठ चिकित्सक डा. बिमल चालिसे , सहकारी विज्ञ डा. ज्ञानेन्द्रप्रसाद पौडेल , जिल्ला सहकारी संघ लि. , काठमाडौंका सञ्चालक सदस्य गणेशबहादुर के सी., सहकारी कानुनविद एवं नेसनल को-अपरेटर्स एलायन्स , काठमाडौंका उपाध्यक्ष कमलराज अधिकारी , वरिष्ठ ईञ्जिनियर मोतीबहादुर कुवर , धौलागिरी समाज , नेपालका उपाध्यक्ष भक्तराज भुसाल , ‘गण्डकी सभ्यता बचाऔँ’ महाअभियानका बिज्ञ समिति संयोजक केदारनाथ गौतम , ईको हिमाल बचत तथा ऋण सहकारी संस्था लि. , बालाजुका सचिव/ प्रबन्ध निर्देशक लेखनाथ पौडेल , फेडरल बचत तथा ऋण सहकारी संस्था लि. का प्रबन्ध निर्देशक टुकनाथ ढकाल , ग्लोबल आई एम ई बैंक लि. का प्रबन्धक चमत्कार पौडेल , लायन्स क्लब क्याबिनेटका डिपुटी चिफ दीपक खड्का , गण्डकी ग्रुपका अध्यक्ष योगेश्वर पोख्रेल , भूतपूर्व डी. आई. जी. नारायण शर्मा आचार्य तथा समाजसेवीहरु : सुरेन्द्र सुवेदी , प्रेम सुवेदी , विष्णुनाथ शर्मा , लालप्रसाद अर्याल , गीता रेग्मी , नातिकाजी महर्जन लगायतले सो सभामा आतिथ्यता ग्रहण गरी उक्त संस्थाको प्रगतीको कामना गर्नुभयो ।

सोही सभामा त्यसै संस्थाका अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलले 

उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै त्यस संस्थाको अवस्था , सो संस्थाले गरिरहेको प्रगति तथा सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्र एवं सहकारी अभियानमा पु-याइरहेको योगदानबारे प्रकाश पार्नु भएको थियो ।सोही सभामा उक्त संस्थाका सचिव एकनारायण उपाध्यायले संस्थाको प्रगति विवरण सहित आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियोे । शेयर सदस्यहरु वीच छलफल गरी सो  साधारणसभाले पारित गरेको प्रतिवेदनमा संस्थाको कूल शेयर पूँजी रु.५ करोड , जारी शेयर पूँजी रु.४ करोड र २०७६ आश्विनसम्म चुक्ता शेयर पूँजी रु.३,२३,७५,६०० रहेको र  आर्थिक वर्ष २०७५/०७६ मा पुरुष ५१३ , महिला २४५ र संस्थागत २० गरी शेयर सदस्य संख्या ७७८ , शेयर पूँजी रु.३,२०,१२,८०० , कूल निक्षेप रु.३९,२३,४२,७१७/४० , कर्जा लगानी रु.२८,६५,३५,९९०/०९ र वासालात हिसाव रु.४३,२९,७८,६४९/०९  उल्लेख गरिएको छ ।

सोही सभामा शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए. ल्याई उत्तीर्ण हुने स्मीता पौडेल र प्रतिक ढकाललाई नगद पुरस्कार तथा प्रमाण- पत्र प्रदान गरी सम्मान गरियो भने उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरुलाई मायाको चिनो प्रदान गरी सम्मानित गरिएको थियो ।

त्यो सभाको संयोजन सहयोग त्यसै संस्थाका प्रवन्धक रामचन्द्र पौडेलले गर्नु भएको थियो ।

 

 

Leave a Reply