गंगा जमुना साकोस , बैंकरोड , प्याङ्गाउँ ललितपुरको ११औं वार्षिक साधारणसभा सम्पन्न

0 Shares

ललितपुरको गोदावारी नगरपालिका -१० , बैंकरोड , प्याङ्गाउँमा रहेको गंगा जमुना बचत तथा ऋण सहकारी संस्था लि. को ११औं वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष सारनाथ महर्जनको अध्यक्षतामा २०७६ मंसीर ७ गते मनकामना , दलचोकी , ललितपुरमा सम्पन्न भयो । सो संस्थाका सल्लाहकार जगनाथ महर्जनले उक्त साधारणसभाको उद्घाटन गर्नुभयो । संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति , शेयर सदस्यहरु तथा कर्मचारीहरुको मात्र उपस्थितिमा सम्पन्न त्यस सभामा सोही संस्थाका अध्यक्ष सारनाथ महर्जनले त्यस संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सहकारी संस्थाको साधारणसभामा शेयर सदस्यहरुले राम्रो छलफल गरी संस्थाको राम्रो कार्यक्रम बनाउनु पर्दछ भन्ने उद्देश्यले यस साधारणसभामा यो संस्था बाहिरबाट अतिथि नबोलाइएको बताउनुभयो ।  सोही सभामा उक्त संस्थाका कोषाध्यक्ष सुरेन्द्र महर्जनले त्यस संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक दिलबहादुर महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त सभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा शेयर पूँजी रु.३२,६८,४०० , बचत संकलन रु.२,८६,१७,५८७/६६ र ऋण लगानी रु.३,४५,२९,२९९  रहेको उल्लेख छ ।

त्यसै संस्थाका सचिव वशन्त महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नु भएको  त्यस सभाम सोही संस्थामा उत्कृष्ट कारोवार गर्न सदस्यहरु जमुना महर्जन , विश्व कपाली र रामकेशरी महर्जनलाई  पुरस्कृत गरिएको थियो ।

Leave a Reply