श्री तिलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. , चापागाउँको २०औं वार्षिक साधारणसभा सम्पन्न , संस्थाको कर्जा लगानी रु.६१,२३,१९,९६९

0 Shares

ललितपुरको गोदावारी नगरपालिका – ११ , चापागाउँमा रहेको श्री तिलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. ले हाले सम्पन्न आफ्नो २०औं वार्षिक साधारणसभाले तय गरेका योजना तथा कार्यक्रम कार्यान्वयन गरिरहेको उक्त संस्थाका  सचिव रमेश देसारले

सहकारी सञ्जाललाई बताउनुभयो । उहाँले यस संस्थाको आफ्नै भवन निर्माणको दिशामा काम अगाडि बढेको छ भन्नुभयो ।

सो संस्थाको २०औं वार्षिक साधारणसभा गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष नरेन्द्र देसारको अध्यक्षतामा २०७६ कार्तिक २३ गते फुलबारी पार्टी प्यालेस , झरुवारासी , ललितपुरमा सम्पन्न भएको थियो । त्यस साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि महर्जनले यस श्री तिलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.ले निक्षेप संकलन तथा ऋण लगानीमा मात्र क्रियाशील नभई सामाजिक क्षेत्रमा समेत सहभागी हुदै प्रगतिको बाटो निरन्तर अगाडि बढिरहेको देख्ता खुशी लागेको बताउदै सुरक्षित लगानीबाट उच्चतम प्रतिफल दिने लक्ष्यका साथ  अगाडि बढिरहेको यस संस्थाको उत्तरोतर प्रगतिको कामना गर्दै आगामी दिनमा थप सकारात्मक क्रियाकलाप गर्न सकोस भनी शुभकामना व्यक्त गर्नुभयो । त्यस अवसरमा सोही नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष निलबहादुर देसार , राष्ट्रीय सहकारी बैंक लि. चापागाउँ शाखाका प्रमुख रामशरण सापकोटा लगायतले यस संस्थाले वित्तीय कारोवारसँगै स्थानीय कला र संस्कृतिको संरक्षण तथा सामाजिक र आर्थिक क्षेत्रमा योगदान गरिरहेको देखिएको बताउदै  त्यस संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभएको थियो ।

त्यस संस्थाका उपाध्यक्ष चन्द्रिका श्रेष्ठ (देसार) ले

स्वागत मन्तव्य र सञ्चारकर्मी लक्ष्मी तामाङले सञ्चालन गर्नु भएको त्यस सभामा सो संस्थाका अध्यक्ष नरेन्द्र देसारले उक्त संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष रोशना देसार सुवेदीले

आर्थिक प्रतिवेदन  र लेखा सुपरीवेक्षण समिति संयोजक मिमलाल देसारले

लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । छलफल गरी सो सभाबाट पारित प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा त्यस संस्थामा शेयर पूँजी रु.२,०३,५५,२००  , बचत संकलन रु.५९,७५,८९,७९५/२९ , कर्जा लगानी रु.६१,२३,१९,९६९ र कर पछिको नाफा रु.४८,२७,०२०/१७ रहेको र आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.२,१६,३९,५०० पु-याउने लक्ष्य रहेको उल्लेख छ ।

उक्त साधारणसभामा समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply