भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र सामाजिक सुरक्षा कोषको प्रायोजनमा सामाजिक सुरक्षा कोष सम्बन्धी अन्तर्क्रिया समपन्न

0 Shares

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. , भक्तपुरको आयोजना र सामाजिक सुरक्षा कोष , बबरमहल , काठमाण्डौंको प्रायोजनमा २०७६ मंसिर १२ गते भक्तपुर बैंक्वेट, हाकुफोहिटी , भक्तपुरमा सामाजिक सुरक्षा कोष सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको उद्घाट्न गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले सामाजिक सुरक्षा कोष काम गरी खाने श्रमिक कर्मचारीहरुको हितमा आएको बताउनुभया । उहाँले सामाजिक सुरक्षा कोषका योजना तथा सुविधा अक्षरस: पालना गरी सुविधा प्रदान गर्न सक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सामाजिक सुरक्षा कोष , बबरमहल , काठमाडौंका लेखा अधिकृत अनुपमा कार्कीले उक्त कोषको बारेमा प्रस्तुतीकरण गर्दै श्रम ऐन , २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन ,२०७४ को कार्यान्वनका लागि स्थापना भएको सामाजिक सुरक्षा कोषमा आबद्ध भई रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत योगदान गरी कोषबाट स्वास्थ्य उपचार , मातृत्व सुरक्षा , दृर्घटना सुरक्षा , आश्रित परिवार सुरक्षा र बृद्ध अवस्थामा सुरक्षा पाउने कुरा बताउनु भयो ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य व्यक्त गर्दै श्रमिक र रोजगारदाता दुबैको हितको लागि सामाजिक सुरक्षा कोष हुनुपर्ने विचार राख्नुभयो ।

सोही  संघका व्यवस्थापक बालकृष्ण धोजुले कार्यक्रम सञ्चालन गर्दै नेपालमा श्रमिकको लागि नवीनतम् अभ्यासको रुपमा आएको सामाजिक सुरक्षा कोषको कार्यान्वनले श्रमिकको भविष्य सुनिश्ति हुनुको साथै श्रमिक र रोजगारदाताको सम्बन्ध सुमधुर भई उत्पादन र अपनत्वमा बृद्धि हुने विचार राख्नुभयो ।

सामाजिक सुरक्षा कोषका विषयमा सहभागीहरु बीच अन्तरक्रिया समेत भएको सो कार्यक्रममा उक्त संघका सदस्य संस्थाहरुबाट  १७६ जना सहकारीकर्मीहरुकोको उपस्थिति रहेको थियो ।

Leave a Reply