उपयोगी साकोस , इमाडोलको कूल कारोवार रु.३०,६३,००,०००
ललितपुरको इमाडोलमा रहेको उपयोगी बचत तथा ऋण सहकारी संस्था लि. ले २०७६ मंसीर १७ गतेसम्म आफ्नो शेयर पूँजी रु.२,३२,६१,००० , शेयर सदस्य संख्या २,५३० , निक्षेप संकलन रु.२२,५०,००,००० , कर्जा लगानी रु.२२,६०,००,००० र कूल कारोवार रु.३०,६३,००,००० रहेको सहकारी सञ्जाललाई जानकारी दिएको छ ।
सो संस्थाको २०७६ असोज ११ गते प्रदेश नं. ३ का प्रदेशसभा सदस्य माधवप्रसाद पौडेलको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष रामकृष्ण बस्नेतको अध्यक्षतामा १४औं वार्षिक साधारणसभा इन्द्रेणी पार्टी प्यालेस , इमाडोलमा सम्पन्न भएको थियो ।



उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले यस उपयोगी साकोसले छोटो समयमा गरिरहेको प्रगति र यसले सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदान प्रशंसनीय रहेको बताउदै सहकारीको विकास र प्रवर्द्धनको लागि आफूले सक्तो प्रयत्न गर्ने बताउनुभयो ।
उक्त सस्थाका उपाध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले स्वागत मन्तव्य र सचिव अनिता पौडेल सुवेदीले सञ्चालन गर्नु भएको त्यस सभामा उक्त संस्थाका अध्यक्ष बस्नेतले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै यस उपयोगी बचत तथा ऋण सहकारी संस्था लि.ले बचत तथा ऋण कारोवार मात्र नगरी समाजप्रति उत्तरदायी भएर सामाजिक कार्य गरिरहेको छ भन्नुभयो । त्यसै सभामा उक्त संस्थाका कोषाध्यक्ष विकाश महर्जनले त्यसै संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक बशन्ती महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।
त्यस अवसरमा उक्त संस्थाका शेयर सदस्य पुरुषोत्तम सुवेदीलाई विशेष समान गरियो भने सोही संस्था जेष्ठ सदस्य भगवती सुवेदी र कान्छा भारती तथा शेयर सदस्यहरुमध्ये उत्कृष्ट दैनिक बचतकर्ता कुश्मा मण्डल , उत्कृष्ट वाल बचतकर्ता अनयप्रताप सुवेदी , उत्कृष्ट ऐच्छिक बचतकर्ता भक्तबहादुर थापा मगर , उत्कृष्ट नियमित बचतकर्ता नानु छोरी महर्जन ,उत्कृष्ट आवधिक बचतकर्ता सविना प्रजापती र असल ऋणी राधेश्याम खत्रीलाई सम्मानित गरिएको थियो । त्यसैगरी त्यस अवसरमा सो संस्थाले चाँङ्गाथली क्लव , ललितपुरलाई एम्बुलेन्स सञ्चालनको लागि रु.२०,००० र जीम सञ्चालनको लागि रु.२०,००० तथा मानव कल्याण समाज , भक्तपुरलाई रु. २०,००० सहयोग गरेको थियो ।





