गोरखा मिलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. ,मीनभवनको १९औं वार्षिक साधारणसभा सम्पन्न , संस्थाको निक्षेप दायित्व रु.५९,९७,१४,६४४ , संस्थाले सञ्चालनमा ल्यायो Mobile banking तथा Internet banking
काठमाडौं महानगरपालिका – ३१ , मीनभवनमा आफ्नै सुविधा सम्पन्न भवनमा मुख्य कार्यालय र सोही महानगरपालिकाको वडा नं. ७ , चावहिलको बौद्ध जाने बाटोमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको गोरखा मिलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. को १९औं वार्षिक साधारणसभा २०७६ मंसीर १४ गते तीनकुने , काठमाडौंमा सम्पन्न भयो ।

उक्त संस्थाका अध्यक्ष पुरञ्जन राईले एक समारोहका वीच त्यस साधारणसभाको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा गोर्खाज फाइनान्स लि. का अध्यक्ष यादवचन्द्र राई , भूतपूर्व सी.डी.ओ. प्रेमबहादुर खापुङ लगायतले त्यस संस्थाले निरन्तर प्रगति गरिरहेको र यसले आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको देख्ता खुशी लागेको छ भन्दै उक्त संस्थाको प्रगतिको कामना गर्नुभयो । सोही संस्थाका सचिव जयन्तीकला राईले सञ्चालन र सञ्चालक सदस्य सष्टिका तुम्बाहाम्फेले स्वागत मन्तव्य व्यक्त गर्नु उक्त सभामा त्यस संस्थाका अध्यक्ष पुरञ्जन राईले उक्त संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष बद्धिराज राई आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक कुलप्रसाद पुनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।
उक्त साधारणसभाले छलफल गरी पारित गरेको प्रतिवेदनमा सो संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु.७,४३,५९,८०० , निक्षेप दायित्व रु.५९,९७,१४,६४४ , कर्जा तथा सापटी रु.४६,४५,६०,४४५ र खुद नाफा रु.१,६९,००,००० रहेको तथा त्यस संस्थाले विभिन्न कम्पनीका रेमिट्यान्स सेवाहरु , Mobile banking तथा Internet banking सेवा सञ्चालनमा ल्याएको , सो संस्थाले ड्रागन फलको विरुवा उत्पादन गरी विक्री वितरण गरिरहेको र त्यस संस्थाले देशको राजश्व संकलनमा योगदान स्वरुप समीक्षा वर्षमाआय स्रोतमा कर कट्टी तथा आयकर गरी कूल रु.७३,९३,००० भुक्तानी गरेको उल्लेख छ । यसैगरी उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा कूल निक्षेप संकलन रु.६५,००,००,००० , कूल कर्जा तथा सापटी रु.५०,००,००,००० , व्याज आम्दानी रु.१०,००,००,०००, संस्थाको सेवाकेन्द्र विस्तार गर्ने, जीवन वीमा कम्पनीहरुको अभिकर्ता भई काम गर्ने आदि उल्लेख गरिएको छ ।
त्यस अवसरमा उक्त संस्थाका उत्कृष्ट कर्मचारीहरु विजय लिम्बु र राजेन्द्र लिम्बुलाई सम्मान गरिएको थियो ।
