चमेरो साकोस , बालकोटको कुल कारोवाट रु.२३,४०,००,०००

भक्तपुरको सूर्यविनायक नगरपालिका – २ , बालकोटमा आफ्नै भवनबाट सञ्चालन भइरहेको चमेरो बचत तथा ऋण सहकारी संस्था लि. को २०७६ मंसीर २० गतेसम्म सदस्य संख्या २,०५८ , शेयर पूँजी रु.१,२८,००,००० , निक्षेप संकलन रु.१८,७०,००,००० , कर्जा संकलन रु.१९.५६.,००,००० , जगेडा तथा अन्य कोष रु.८०,००,००० र कुल कारोवार रु.२३,४०,००,००० रहेको सो संस्थाले जनाएको छ ।
उक्त संस्थाको १०औं वार्षिक साधारणसभा २०७६ कार्तिक ९ गते बाईकर्स क्याफे , बालकोटमा सोही संस्थाका अध्यक्ष ईञ्जिनियर भीमसेन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । सो साधारणसभाको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका उपमेयर जुना बस्नेतले यस चमेरो साकोसको आर्थिक सूचाङ्क हेर्दा यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको देखिएको बताउनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाले महिला शसक्तिकरण कार्यक्रम अगाडि बढाइरहेको बताउदै यस संस्थाले पनि महिला शसक्तिकरणका कार्यक्रममा जोड दिनु पर्ने खाँचो औंल्याउनुभयो ।
सो संस्थाका उपाध्यक्ष ध्रुव गजुरेलले स्वागत मन्तव्य र सचिव उद्धव बास्कोटाले सञ्चालन गर्नु भएको त्यस सभामा सोही संस्थाको वार्षिक प्रतिवेदन त्यसै संस्थाका अध्यक्ष ईञ्जिनियर भीमसेन श्रेष्ठले , आर्थिक प्रतिवेदन कोषिध्यक्ष रामकृष्ण श्रेष्ठ र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समितिका संयोजक ईञ्जिनियर हरिकृष्ण ध्वजुले पेश गर्नुभएको थियो ।
त्यस सभामा सिरु बौद्धिक समाज , सिरुटार , भक्तपुरलाई सम्मान गरिएको थियो ।
त्यस संस्थाले हनुमन्ते पुलदेखि बालकोट चोकसम्मको कौसलटार -बालकोट -सिरुटार -विरुवा सडममा हरियाली प्रवर्द्धनका लागि रु.२०,००० नगद सहयोग गरेको जनाएको। छ ।
