चन्द्रसूर्य साकोस , सातदोबाटोको आयोजना र सुमेरु अस्पतालको सहयोगमा रक्तदान तथा नि:शुल्क हेल्थ क्याम्प सम्पन्न

0 Shares

ललितपुरको सातदोबाटोमा रहेको चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र सुमेरु अस्पतालको सहयोगमा २०७६ मंसीर २१ गते सम्पन्न रक्तदान तथा नि:शुल्क हेल्थ क्याम्प  चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि. को छेउमा रहेको सुमेरु मार्ट परिसरमा सम्पन्न भयो । त्यस अवसरमा १०६ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो भने नि:शुल्क व हेल्थ क्याम्पमा ३०० जनाको नि:शुल्क स्वास्थ्य परीक्षण र २४३ जना सामान्य विरामीको स्वास्थ्य जाच गरिएको आयोजकको भनाई छ । आयोजक चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामशरण बस्नेतले

कम्तीमा १,००० जनाको स्वास्थ्य परीक्षण र न्युनतम २५० प्रिन्ट रगत जम्मा गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिए पनि साफ खेलकुद प्रतियोगितिका कारण अवरोध सिर्जना भएर सो उद्देश्य पूर्ण रुपमा पूरा हुन सकेन तर पनि देशमा साफ खेलकुद प्रतियोगिता सम्पन्न भइरहेकोले हामी खुशी नै छौं भन्नुभयो ।

Leave a Reply