जागेश्वरी साकोस , गोकर्णेश्वर नगरपालिका-९ , शंखढोलले आफूले सञ्चालन गरिरहेको बचत तथा ऋण कारोवार बारेमा स्थानीयबासीहरुसँग अन्तर्क्रिया गर्ने गरेको छ : प्रवन्धक रामबहादुर श्रेष्ठ
काठमाडौंको गोकर्णेश्वर नगरपालिका – ९ , शंखढोलमा रहेको जागेश्वरी बचत ऋण ऋण सहकारी संस्था लि.ले आफूले सञ्चालन गरिरहेको बचत तथा ऋण कारोवारको बारेमा बेला- बेलामा स्थानीयबासीहरुसँग अन्तर्क्रिया गर्ने गरेको जनाएको छ । सहकारी सञ्जालसँग कुरा गर्दै सो संस्थाका प्रवन्धक रामबहादुर श्रेष्ठले हाम्रो यस संस्थाले आफ्ना अपाङ्ग सदस्यहरुलाई सहयोग गर्ने योजना तय गरेको बताउनुभयो ।
यस संस्थामा २०७६ मंसीर २२ गतेसम्म शेयर पूँजी रु.८५,८८,६००, निक्षेप संकलन रु.५,१५,६५,००० , कर्जा लगानी रु.३,९५,२३,००० र कूल कारोवार रु.६,२०,५५,००० रहेको उहाँको भनाई छ । ‘यस संस्थाले सञ्चालन गरिरहेको बचत खातामा बचत गर्ने वाल बचतकर्ताहरुलाई वार्षिक रुपमा कापी , कलम लगायतका स्टेशनरी सामाग्री प्रदान गर्ने र उनीहरुको जन्मदिनमा केक काटेर उनीहरुलाई जन्मदिनको शुभकामना दिने गरिएको छ भने दम्पति बचत खातामा बचत गर्ने बचतकर्ताहरुलाई पनि उहाँहरुको बैबाहिक वर्षगाँठको अवसरमा उहाँहरुलाई उपहार सहित शुभकामना दिने गरिएको छ’ उहाँले भन्नुभयो । उहाँले यस संस्थाले आफ्ना शेयर सदस्य तथा कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि समय -समयमा अभिमुखीकरण तालिम कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
उक्त संस्थाको २०७६ कार्तिक ३० गते गोकर्णेश्वर बैङ्क्वेटमा गोकर्णेश्वर नगरपालिजकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष हरिकृष्ण कारञ्जितको अध्यक्षतामा १०औं वार्षिक सादारणसभा सम्पन्न भएको थियो ।

त्यस साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि चालिसेले यस जागेश्वरी साकोसको सबै सुचाङ्क हेर्दा यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको देखिएको भन्दै खुशी प्रकट गर्नुभयो । उहाँले सहकारीलाई सवल र समृद्ध बनाउन सहकारी संस्थाहरु वीच एकीकरण गर्नु पर्ने बताउदै सहकारीले बचत र ऋण कारोवारसँगै कृषिमा लगानी गरी उत्पादन बढाउने कार्य गर्नु पर्नेमा जोड दिनु भएको थियो । त्यसैगरी काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) का सचिव शालिकराम पुडासैनीले सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्दै सहकारी संस्थाले आफ्ना सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति , उपसमितिहरु तथा कर्मचारीहरुको क्षमता अभिबृद्धिको लागि अभिमुखीकरण तालिम सञ्चालन गर्नु पर्ने खाँचो औंल्याउदै यसका लागि प्रारम्भिक संस्थाले सहयोग आवश्यक ठानेमा कास्कूनले सहयोग गर्ने बताउनुभयो । त्यसै अवसरमा सोही साधारणसभाका अध्यक्ष हरिकृष्ण कारञ्जितले स्थानीय समुदायमा आधारित यस जागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. आफ्न शेयर सदस्यहरुको चाहना अनुसार सहकारीको मूल्य र मान्यतालाई आत्मसाथ गरी ऐन /नियमावलीको पालना गर्दै बचत तथा ऋण कारोवारसँगै सामाजिक उत्तरदायित्वका कार्य गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ भन्नुभयो ।
त्यस संस्थाका सचिव अंगुर पौडेलले सञ्चालन र सल्लाहकार शिवराम कारञ्जितले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त सभामा सोही संस्थाका सचिव अंगुर पौडेलले सो संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष रेणुका कारञ्जितले आर्थिक प्रतिवेदन र लेखा सुपरीलेक्षण समिति संयोजक माधवबहादुर कारञ्जितले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । शेयर सदस्यहरु वीच छलफल गरी त्यस साधारणसभाबाट पारित प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा शेयर पूँजी रु.८३,१०,६०० , निक्षेप संकलन रु.४,६७,६६,६२१, ऋण लगानी रु.३,८४,८८,५४० रहेको उल्लेख छ ।
त्यस अवसरमा उक्त संस्थाका शेयर सदस्यहरुमध्ये उत्कृष्ट दैनिक बचतकर्ता कमला गिरी , उत्कृष्ट जागेश्वरी बचतकर्ता किताबसिंह राई , उत्कृष्ट गृहिणी बचतकर्ता यमुना बालानगरकोटी , उत्कृष्ट दम्पति बचतकर्ता शोभा कारञ्जित , अधिकतम शेयर लगानीकर्ता दुर्गादेवी कारञ्जित , असल ऋणी श्यमकृष्ण बानिया र जेष्ठ सदस्य रामबहादुर कारञ्जितलाई सम्मान गरिएको थियो भने उत्कृष्ट वाल बचतकर्ता सुलभ श्रेष्ठलाई
सम्मान गरी साइकल उपहार प्रदान गरिएको थियो ।



