दशहरा साकोस , सुन्दरीजलको शेयर पूँजी रु.१,१३,८५/८००

0 Shares

काठमाडौंको गोकर्णेश्वर नगरपालिका – १ , सुन्दरीजलमा रहेको दशहरा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो हालै सम्पन्न ११ औं वार्षिक साधारणसभाले तय गरेको नीति तथा कार्यक्रम कार्यन्वयन गरिरहेको जनाएको छ । सो संस्थाको व्यवस्थापन पक्षका अनुसार उक्त संस्थाले दशहरा शेयर बचत -१० प्रतिशत , दशहरा साधारण बचत- ८ प्रतिशत , दशहरा दैनिक बचत -६.२५ प्रतिशत , दशहरा नारी बचत -८ प्रतिशत , दारी वाल बचत -११ प्रतिशत र दशहरा मुद्धती बचत  १ देखि ४ वर्षसम्म १५ प्रतिशत र त्यसभन्दा माथि आपसी सहमतीमा सञ्चालन गर्ने र कर्जा लगानीतर्फ लघु कर्जा , व्यापारिक कर्जा , कृषि तथा पशुपालन कर्जा , आवास कर्जा , शिक्षा कर्जा , सवारी कर्जा र घरायसी कर्जा १६ प्रतिशतमा व्याजदरमा लगानी गर्ने गरी सञ्चालन गरिरहेको छ । २०७६ मंसीर २३ गतेसम्ममा उक्त संस्थाको शेयर सदस्य ३१९ जना र शेयर पूँजी रु.१,१३,८५, ८०० रहेको बताइएको छ ।

उक्त संस्थाको २०७६ कार्तिक २३ गते ११औं वार्षिक साधारणसभा कास्कूनका भूतपूर्व अध्यक्ष केशव दंगालको प्रमुख आतीथ्यता र सोही संस्थाका अध्यक्ष केवल पण्डितको अध्यक्षतामा सम्पन्न भयो । त्यस साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि दंगालले स्थापना भएको छोटो समयमा यस दशहरा साकोस निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको यसका सूचाङ्कहरुबाट देखिएको बताउनुभयो । त्यस अवसरमा सो संस्थाका अध्यक्ष केवल पण्डितले स्थानीय समुदायमा आधारित यस संस्थाले आफ्ना शेयर सदस्यहरुप्रति उत्तरदायी भएर राम्रोसँग सञ्चालन भइरहेको र यसले आफ्ना शेयर सदस्यहरुलाई ऐन /नियमावलीमा व्यवस्था भएको प्रावधान अनुरुप राम्रो प्रतिफल प्रदान गरिरहेको बताउनुभयो । त्यस संस्थाका उपाध्यक्ष प्रकाश कर्माचार्यले सञ्चालन र सञ्चालक सदस्य सुरेन्द्र ढकालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो सभामामा सोही संस्थाका सचिव अर्जुन खड्काले त्यसै संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विश्वराम पण्डितले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त सभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा शेयर सदस्य २८१ जना , शेयर पूँजी रु.१,०८,२७,६०० , जम्मा बचत रु.५,८७,११,६३८/८२ र ऋण लगानी रु.६,१६,१८,४७६ रहेको उल्लेख छ ।

त्यस अवसरमा शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए. का साथ उत्तीर्ण हुने श्रीजल धिमाल , आयुष पोखरेल , रोजिना पण्डित , आयुष अधिकारी , पुष्कर श्रेष्ठ , निर्जलकुमार पण्डित , प्रवीण धिमाल , महेश सापकोटा , ममता सापकोटा , प्रभाकर चालिसे , अनुष्का पुडासैनी , सुमित थापा र आयुष पुडासैनीलाई पुरस्कार सहित सम्मान गरिएको थियो ।

 

 

Leave a Reply