सुन्दरीमाई साकोस , सुन्दरीजलले सदस्यहरुलाई १८ प्रतिशत लाभांश प्रदान गरेको छ : प्रवन्धक अर्जन खड्का

काठमाडौंको गोकर्णेश्वर नगरपालिका – १ , सुन्दरीजलमा रहेको सुन्दरीमाई बचत तथा ऋण सहकारी संस्था लि. का प्रवन्धक अर्जुन खड्काले सो संस्थाले ले आफ्नो १४औं वार्षिक साधारणसभाबाट आफ्ना शेयर सदस्यहरुलाई १८ प्रतिशत लाभांश प्रदान गरेको बताउनु भएको छ ।

सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले २०७६ कार्तिक मसान्तसम्म सो संस्थामा शेयर सदस्य संख्या ७४४ , शेयर पूँजी रु.१,५४,६१,००० , निक्षेप संकलन रु.१२,४१,७३,००० , कर्जा लगानी रु.१२,६२,२९,००० र कूल कारोवार रु.१७,०५,५१,००० रहेको छ भन्नुभयो । त्यसैगरी सो संस्थाका सह-प्रवन्धक सुरेन्द्रकुमार श्रेष्ठले सहकारी सञ्जालसँग कुरा गर्दै प्रदेश नं. ३ अन्तर्गतका सहकारी संस्थाहरुलाई आफ्नो रिपोर्ट बुझाउन हेटौडि जान टाढा भएकोले काठमाडौ उपत्यका तथा आसपासका सहकारीहरुको सुविधाका लागि काठमाडौ उपत्यकाभित्र सहकारीको प्रदेश नं.३को सम्पर्क कार्यालय स्थापना हुनु आवश्यक रहेको बताउनुभयो बताउनु भयो ।
त्यस संस्थाको २०७६ भदौ २१ गते कास्कूनका अध्यक्ष दीपक पनेरुको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष जनार्दन खडाकाको अध्यक्षतामा सम्पन्न १४औं वार्षिक साधारणसभाले सो संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा जनादर्न खड्कालाई पुन: चयन गरेको छ । उक्त समितिको उपाध्यक्ष , सचिव र कोषाध्यक्ष र सह-सचिव पदमा क्रमश:केदारप्रसाद अर्याल , सुमित खड्का , लव सिम्खडा र अच्युतकुमार पण्डित तथा सदस्यहरुमा रजनी खड्का , आत्माराम ढकाल , अस्मिता खड्का गीता सिम्खडा , शोभा सिम्खडा र सुरेशकुमार खड्का तथा लेखा सुपरीवेक्षण समिति संयोजकमा राजेश पोखरेल चयन हुनु भएको छ ।
सो सभाको उद्घाटन गर्दै प्रमुख अतिथि पनेरुले यस सुन्दरीमाई साकोसको आर्थिक सूचाङ्क हेर्दा यो संस्था सहकारीको मूल्य र मान्यता अनुरुप राम्रोसँग सञ्चालन भइरहेको देखिएकोले यसका सदस्यहरुले आफ्ना सबै कारोवार ढुक्क भएर यसै संस्थामा गर्न आग्रह गर्नुभएको थियो । त्यसै संस्थाका उपाध्यक्ष हरिहर पोखरेलले स्वागत मन्तव्य र सह-सचिव सुशिल खड्काले सञ्चालन गर्नु भएको उक्त सभामा सोही संस्थाका अध्यक्ष जनार्दन खड्काले सञ्चालक समितिको प्रतिवेदन , सचिव केदारप्रसाद अर्यालले संस्थाको प्रगति प्रतिवेदन , कोषाध्यक्ष विनोदकुमार खड्काले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक लव सिम्खडाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । शेयर सदस्यहरु बीच छलफल गरी सो साधारणसभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा त्यस संस्थामा शेयर पूँजी रु.१,३९,००,००० , निक्षेप संकलन रु.१०,०४,५२,१९४ र ऋण लगानी रु.११,६८,८८,७१९ रहेको उल्लेख छ ।
