भक्तपुर महिला साकोस , कमलविनायकको कूल कारोवार रु.३ करोड

0 Shares

भक्तपुर नगरपालिका -९ , कुमचो – कमलविनायकमा रहेको भक्तपुर महिला बचत तथा ऋण सहकारी संस्था लि.को २०७६ मंसीर २३ गतेसम्म शेयर सदस्य संख्या ५४४ , दैनिक बचतकर्ता १५६ , वाल बचतकर्ता १४०  शेयर पूँजी रु.४५,४१,५०० , निक्षेप संकलन रु.१,९१,१४,६०९ , कर्जा लगानी रु.२,३४,००,००० र कूल कारोवार रु.३ करोड रहेको सोही संस्थाकी व्यवस्थापक चञ्चली कर्माचार्यले बताउनुभयो । सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले स्थानीय समुदायमा आधारित हाम्रो यस भक्तपुर महिला बचत तथा ऋण सहकारी संस्था लि.ले वाल बचत , दैनिक बचत र नियमित बचतको कार्यक्रम सञ्चालन गरिरहेको छ भन्नुभयो ।

उक्त संस्थाको २०७६ कार्तिक ३० गते भक्तपुर पार्टी भेन्यू , म:पली , भक्तपुरमा राष्ट्रिय सहकारी बैंक लि. का सञ्चालक सदस्य सरिता भट्टराईको प्रमुख आतिथ्यता र त्यसै संस्थाकी अध्यक्ष कृष्णश्वरी मचामसी (प्रजापती)को अध्यक्षतामा १७औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।

त्यस साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि भट्टराईले यस भक्तपुर महिला साकोसले बचत तथा ऋण कारोवारसँगै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै निरन्तर प्रगतिपथमा गइरहेको देखिएको बताउदै यसका शेयर सदस्यहरुले ढुक्क सँग यस संस्थामा कारोवार गरी यसको वित्तीय अवस्था बलियो बनाउन आग्रह गर्नुभयो । उहाँले सहकारीले वित्तीय कारोवारसँगै उत्पादनमूलक कार्य कार्य गरी उपभोग्य बस्तुको आयात कम गर्न सहयोग गर्नु पर्ने खाँचो रहेको बताउनु भएको थियो । उक्त साधारणसभाको अध्यक्षता गर्दै सो संस्थाकी अध्यक्ष मचामसीले स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यस संस्थाले आफ्ना शेयरहरुको भावना तथा सहकारीको मूल्य र मान्यता अनुरुप बचत र ऋण कारोवार सँगै महिला सशक्तिकरण सहितका सामाजिक कार्य गर्दै क्रमिक रुपमा प्रगतिपथमा अगाडि बढिरहेको बताउनुभयो ।.

त्यस संस्थाकी उपाध्यक्ष सुनिता दुवालले धन्यवाद ज्ञापन , सचिव वृन्दा प्रजापतीले सञ्चालन र सञ्चालक सदस्य मीना प्रजापतीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त सभामा सोही संस्थाकी सचिव वृन्दा प्रजापतीले त्यस संस्थाको वार्षिक प्रगति प्रतिवेदन , लेखा सुपरीवेक्षण समिति संयोजक संगीता पञ्चले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष मीना ध्वजु (नकर्मी) ले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । शेयर सदस्यहरु बीच छलफलपछि त्यस साधारणसभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा शेयर सदस्य संख्या ५२८ , शेयर पूँजी रु.४३,३०,३०० , निक्षेप संकलन रु.१,३२,४०,३३३ र ऋण १,७५,२४,१८९ रहेको उल्लेख छ ।

त्यस सभामा सोही संस्थाका जेष्ठ शेयर सदस्यहरु लक्ष्मीदेवी प्रजापती , सिद्धीकुमारी मानान्धर र ठिके कोजुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट बचतकर्ता धनेश्वरी प्रजापती र असल ऋणी सुन्दरी मैया सिलाकार तथा शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए. ल्याई उत्तीर्ण हुने स्टेना कोजु र एलिशा प्रजापतीलाई सम्मान गरिएको थियो भने त्यस सभामा नृत्य प्रस्तुत गरेको फ्यूजन म्युजिक एण्ड डान्स एकेडेमीलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो । आसपासका सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको उक्त साधारणसभामा सोही सभाकी अध्यक्ष मचामसीले प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

Leave a Reply