दक्षिण बाराही महिला साकोसको २१औं वार्षिक साधारणसभा सम्पन्न , संस्थाको ऋण लगानी रु.४,९१,५३,६७६
भक्तपुरको सूर्यविनायक नगरपालिका -४ , दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को २१औं वार्षिक साधारणसभा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको प्रमुख आतिथ्यता र सो संस्थाकी अध्यक्ष निर्जला ढुङ्गेल दाहालको अध्यक्षतामा २०७६ मंसीर २४ गते यचु पार्टी भेन्यु शंखधरचोक , भक्तपुरमा सम्पन्न भयो । उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले ऐन /नियमावलीलाई पालना गरी सहकारीको मूल्य र मान्यता अनुसार सञ्चालन भएका सहकारी संस्थाहरुलाई सूर्यविनायक नगरपालिकाले सहयोग गर्ने बताउदै सहकारी संस्थाहरुले बचत र ऋण कारोवार सँगै उत्पादनमूलक कार्य गर्नु पर्ने आवश्क रहेको बताउनुभयो । त्यस अवसरमा सूर्यविनायक नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तम थापा लगायतले सो संस्थाले सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु-याइरहेको योगदानको प्रशंसा गर्दै उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभयो ।
त्यस सभाको अध्यक्षता गर्दै सोही संस्थाकी अध्यक्ष ढुङ्गेलले यस दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि. आफ्ना शेयर सदस्यहरुप्रति उत्तरदायी भई सहकारीको सिद्धान्त , मूल्य र मान्यतालाई आत्मसाथ गरी राज्यका ऐन /नियमावलीलाई पालना गरी बचत र ऋण कारोवार सँगै आफ्ना शेयर सदस्यहरुको जीवन स्तर माथि उठाउन सहयोग गर्ने उद्देश्यले महिला सशक्तिकरण लगायतका रचनात्मक कार्यक्रमहरु गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ भन्नुभयो । उक्त संस्थाकी उपाध्यक्ष पुजा थापाले स्वागत मन्तव्य र व्यवस्थापक दीपा क्षेत्रीले सञ्चालन गर्नु भएको त्यस साधारणसभामा त्यसै संस्थाकी सचिव पार्वती घिमिरे भण्डारीले सञ्चालक समितिको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष तारा सापकोटाले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक तुलसा पुरीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । शेयर सदस्यहरु बीच छलफल गरी त्यस साधारणसभाबाट पारित भएको प्रतिवेदनहरुमा आर्थिक वर्ष २०७५/०७६ मा उक्त संस्थामा शेयर सदस्य ८५७ , शेयर पूँजी रु.८८,०६,८०० , बचत संकलन रु,३,७४/३०,३३७/१९ , कर्जा लगानी रु.४,९१,५३,६७६ , जगेडि कोष २९,४०,८६८/९३ , अन्य कोष रु.६,३२,०५३/३७ , राहत कोष रु.३,५६,०५० र कर दायित्व तथा अन्य दायित्व हिसाव रु.२५,१२,३७७/९५ रहेको उल्लेख त ।
त्यस अवसरमा सोही संस्थाका जेष्ठ शेयर सदस्यहरु गीता ढुङ्गेल , मैया जोशी , रेवती भण्डारी , कल्याणी ढुङ्गेल र महलमाया तखाछें श्रेष्ठलाई सम्मान गरिएको थियो भने त्यसैगरी संस्थाका शेयर सदस्यहरु विन्दाकुमारी थापा , रेखा के.सी. , राधामाइ पुरी , मेनुका गुरुङ र गोमा श्रेष्ठलाई एकल स्व-निर्भर सदस्य सम्मान गरिएको थियो । उक्त अवसरमा अध्यक्ष ढुङ्गेलले प्रमुख अतिथि थापालाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
