पोखरा रोयल सहकारी संस्था लि. र शिशुवा महिला साकोस वीच एककीरण सम्पन्न
गण्डकी प्रदेशभित्र सञ्चालन भइरहेका २ वटा सहकारी संस्थाहरु वीच आज एकीकरण सम्पन्न भएको छ । पोखरा रोयल सहकारी सस्था लिमिटेड र शिशुवा महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेड वीच एकीकरण सम्पन्न भई आजैबाट एकीकृत कारोवार शुरु भएको छ ।

ती २ सहकारी वीच एकीकरण भएपछि एकीकृत सहकारी संस्थाको नाम पोखरा रोयल बचत तथा ऋण सहकारी सस्था लिमिटेड राखिएको छ भने एकीकृत सस्थाको प्रधान कार्यालय बुद्धचोक कास्की र सदस्य सेवाकेन्द्रहरु दुलेगौंडा , तनहुँ , भण्डारढिक , कास्की र शिशुवा मोहरियामा रहने जनाइएको छ ।
