सहयोगी साकोस , आलापोटको भवन बनाउने प्रक्रिया शुरु
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका – २ , आलापोटमा मुख्य कार्यालय र सोही नगरपालिका -१ , गागलफेदी र गोकर्णेश्वर नगरपालिका – ६ , जोरपाटी र शंखरापुर नगरपालिकाको साँखुमा सम्पर्क कार्यालय सञ्चालन गरिरहेको सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. का प्रवन्धक महेश श्रेष्ठले सो संस्थाको आलापोट कृष्णचौरमा रहेको आफ्नो जग्गामा भवन निर्माणको प्रक्रिया अगाडि बढेको र सम्पर्क कार्यालय गागलफेदीको भवन निर्माण गर्न जग्गा खरिदको प्रक्रिया अगाडि बढाइने सहकारी सञ्जाललाई बताउनुभयो । उहाँले यस संस्थाको २५औं वार्षिक साधारणसभाले तय गरेको नीति तथा कार्यक्रम कार्यन्वयन भइरहेको छ भन्नुभयो ।

सो संस्थाको २५औं वार्षिक साधारणसभा कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष विनोदराज श्रेष्ठको अध्यक्षतामा २०७६ मंसीर ४ गते वी.पी. संग्रहालय , सुन्दरीजल , काठमाडौंमा सम्पन्न भयो ।

उक्त साधारणसभाले रामेश्वर श्रेष्ठ- अध्यक्ष , राजकुमार श्रेष्ठ -उपाध्यक्ष , प्रल्हाद बस्नेत- सचिव , अञ्जितकुमार श्रेष्ठ -कोषाध्यक्ष तथा रामहरि थापा , कर्साङ लामा , इन्दिरा अर्याल , बद्रीबहादुर श्रेष्ठ , सुनिता अधिकारी -सदस्य रहेको सञ्चालक समिति र रचना श्रेष्ठ- संयोजक तथा राजेश श्रेष्ठ र सुनिता श्रेष्ठ- सदस्य रहेको लेखा सुपरीवेक्षण समिति चयन गरेको थियो ।

उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले यस कागेश्वरी मनहरा नगरपालिका भित्र आर्थिक तथा सामाजिक गतिविधिमा उत्कृष्ठ रही सदस्यहरु र समुदायको उच्च रोजाईमा सधै रहने सहकारीको रुपमा यस सहयोगी साकोस रहेको बताउदै आफ्नो व्यवस्थापन पक्षको सवलीकरण र सामाजिक क्षेत्रमा गरेको स्तरोन्नतिले समाज र राष्ट्रको आर्थिक तथा सामाजिक रुपान्तरणमा यसले महत्वपूर्ण योगदान गरेको छ भन्नुभयो । सोही संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक रचना श्रेष्ठले स्वागत मन्तव्य र ऋण उप-समिति संयोजक प्रल्हाद बस्नेतले सञ्चालन गर्नु भएको उक्त साधारणसभामा त्यस संस्थाका अध्यक्ष विनोदराज श्रेष्ठले सो संस्थाको सञ्चालक समितिको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष राजकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समिति संयोजक रचना श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन , शिक्षा उप-समिति संयोजक रामहरि थापाले शिक्षा उप-समितिको प्रतिवेदन , ऋण उप-समिति संयोजक प्रल्हाद बस्नेतले ऋण उप-समितिको प्रतिवेदन र महिला उप-समिति संयोजक कर्साङ लामाले महिला उप-समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । शेयर सदस्यहरु बीच छलफल गरी उक्त साधारणसभाबाट पारित प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा शेयर सदस्य ३,४४३ , वाल बचतकर्ता १,२४७ , शेयर पूँजी रु.३,१४,९३,१०० , बचत संकलन रु.२१,६०,६०,४५४ , ऋण लगानी रु.२५,२२,६०,८७९ , जगेडा तथा अन्य कोष रु.१,२४,९०,४४२/२९ र अन्य कोष रु.१,८१,५२,९८१/१५ रहेको उल्लेख छ । त्यसैगरी उक्त प्रतिवेदनमा यस आ.व.भित्रमा वीमा प्रदायक संस्थाहरुसँग समन्वय गरी सदस्यहरुको कर्जा , स्वास्थ्य र सम्पति सम्बन्धी जोखिम न्यूनिकरणको लागि लघु वीमा कार्यक्रम सञ्चालनमा ल्याइने , यस आ.व. बाट शेयर सदस्यहरुकोआवधिक बचत बाहेकको बचतमा अर्धवार्षिक रुपमा व्याज प्रदान गर्ने , स्कूल – स्कूलमा गई वाल बचत गर्न अभिप्रेरित गर्ने तथा निर्देशिका बनाई बचतको प्रकार थप गरी सञ्चालनमा ल्याइने , भ्याटमा दर्ता भई उद्योग व्यवसाय गरिरहेका कार्यक्षेत्र भित्रका दैनिक बचत गर्ने स्थायी बासिन्दालाई निर्देशिका बनाई विशेष कर्जाको प्रकार थप गरी सञ्चालनमा ल्याउने व्यवस्था गरिने , प्रत्येक पटक ऋण कारोवार गर्दा रु.२० हजार शेयर नपुगेसम्म शेयर थप गर्नु पर्ने व्यवस्था गरिने , विभिन्न अवसरमा बोनस शेयर प्रदान गरी शेयर थप गर्न प्रोत्साहन गरिने , संस्थाको प्रत्येक कार्यालय स्तरमा अधिकतम शेयर खरीद कर्तालाई साधारणसभामा पुरस्कृत गरिने आदि उल्लेख गरिएको छ ।
सो संस्थाका शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहनुका साथै विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको समेत उपस्थिति रहेको त्यस सभामा उक्त संस्थाका सदस्य तथा वाल बचतकर्ताहरुमध्येबाट आलापोट कार्यालयबाट अधिकतम शेयर खरिदकर्ता विवेक श्रेष्ठ , नियमित बचतकर्ता अर्जुनप्रसाद शर्मा पुडासैनी र पुजा श्रेष्ठ , वाल बचयकर्ता शौरवजङ्ग रायामाझी र मन श्रेष्ठ , ऐच्छिक बचतकर्ता कमल चौधरी , दैनिक बचतमा रमा शर्मा तथा ऋणमा सुनमाया तामाङ र महेश राय , जोरापटी कार्यालयबाट अधिकतम शेयर खरीदकर्ता गंगा भण्डारी , नियमित बचतमा सरस्वती श्रेष्ठ र फूर्वा तामाङ , वाल बचतमा पासाङ शेर्पा र काव्या तिमिल्सिना , ऐच्छिक बचतमा गीता नगरकोटी , दैनिक बचतमा बलदेव श्रेष्ठ तथा ऋणमा चण्डिका लुइटेल र आङ्दावा शेर्पा , गागलफेदी कार्यालयबाट नियमित बचतमा कृष्णप्रसाद कुइकेल र माकुरी थापा , वाल बचतमा दीपसन दाहाल र अस्मिता कँडेल , ऐच्छिक बचतमा लक्ष्मी अर्याल , दैनिक बचतमा माइली तामाङ र धनमाया लामा तथा ऋणमा कृष्णकुमार खड्का र सोनु लामा र साँखु कार्यालयबाट अधिकतम शेयर खरीदकर्ता प्रेमध्वज श्रेष्ठ , नियमित बचतमा जुलुम श्रेष्ठ र राजेश श्रेष्ठ , वाल बचतमा सलिना नगरकोटी , ऐच्छिक बचतमा महेश पौडेल , दैनिक बचतमा पुरुषोत्तम बराल तथा ऋणमा रञ्जन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

उक्त साधाररणसभाको अवसरमा त्यसै दिन सोही स्थानमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको थियो । सो रक्तदान कार्यक्रममा ४२ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो ।
उक्त साधारण सभाको झलक



