आर्थिक वर्ष २०७६/०७७ को शुभारम्भसँगै सञ्चालन हुने गरी स्युचाटार साकोस , स्युचाटारको सुविधा सम्पन्न भवन बन्दै
काठमाडौंको नागार्जुन नगरपालिका- १० , स्यूचाटारमा रहेको स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष साधुराम गौतमले आर्थिक वर्ष २०७६/०७७ को शुभारम्भ सँगै सञ्चालन हुने गरी हाम्रो यस स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लि. को नागर्जुन नगरपालिका -१० , स्यूचाटारमा रहेको आफ्नो जग्गामा सुविधा सम्पन्न ४ तले भवन बनिरहेको छ भन्नुभयो ।

सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले स्थानीय समुदायमा आधारित हाम्रो यस संस्थाले बचत तथा ऋण कारोवारसँगै आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पु-याउने उद्देश्यले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउभयो । सोही संस्थाका प्रवन्धक रामेश्वर के.सी.ले यस स्यूचाटार साकोसले आफ्नो १३औं वार्षिक साधारणसभाबाट पारित भएका नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको सहकारी सञ्जाललाई जानकारी दिनुभयो । २०७६ मंसीर २५ गतेसम्म हाम्रो यस संस्थामा शेयर सदस्य संख्या २,५०३ , शेयर पूँजी रु.६,७६,०२,८०० , बचत संकलन रु.५१,७५,७५,३४८/२१ , कर्जा लगानी रु.४६,७३,८१,३५४/०१ र कूल कारोवार रु.६५,५४,१९,००३/४७ रहेको उहाँको भनाई छ ।
उक्त संस्थाको १३औं वार्षिक साधारणसभा नागार्जुन नगरपालिकाका उपमेयर सुशिला अधिकारीको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष साधुराम गौतमको अध्यक्षतामा २०७६ असोज ११ गते परिकार बैङ्क्वेट , स्यूचारटारमा सम्पन्न भएको थियो ।

त्यस साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि अधिकारीले यो संस्थाले समुदायमा आवद्ध भविष्यका कर्णधारहरुलाई सम्मान र पुरस्कृत गर्ने परिपाटीले उत्कृष्ट सेवाको भावले काम गर्ने नमुनाको रुपमा अगाडि बढेकोमा सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुलाई बधाई ज्ञापन गर्दै भविष्यमा पनि यसले निरन्तरता पाउदै जाओस् भन्नुभएको थियो । उहाँले यस सभामा प्रस्तुत भएको संस्थाको कारोवार , संस्थाका सदस्यहरुको दायित्व निर्वाह लगायत समाजप्रतिको कर्तव्य निर्वाह गर्नेतर्फ यस संस्थाले गर्दै आएको कार्य प्रशंसनीय रहेको मनसाय व्यक्त गर्दै भविष्यमा यस संस्थालाई सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
उक्त साधारणसभामा नागार्जुन नगरपालिका वडा नं.१० का वडा अध्यक्ष सुन्दरबहादुर के.सी., समाजसेवी दामोदरप्रसाद गौतम र राजाराम खड्का , सोही संस्थाका नि:वर्तमान अध्यक्ष वीरेन्द्रबहादुर थपलिया , कास्कूनका सचिव शालिकराम पुडासैनी र धितोपत्र विज्ञ दीपक काफ्लेले शुभकामना मन्तव्य व्यक्त गर्दै त्यस संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभएको थियो ।
उक्त संस्थाका सचिव कृष्णहरि खत्रीले स्वागत मन्तव्य , कोषाध्नायक्ष वन्दना खड्काले सञ्चालन र प्रवन्धक रामेश्वर के.सी. ले आभार व्यक्त गर्नु भएको त्यस सभामा त्यसै संस्थाका अध्यक्ष साधुराम गौतमले सोही संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष वन्दना खड्काले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक कृष्णप्रसाद लामिछानेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । सो साधारणसभाले छलफल गरी पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा शेयर सदस्य संख्या २,४९३ , शेयर पूँजी रु.६,७६,०१,५०० , जगेडा तथा अन्य कोषहरु रु.५,४७,७७,२४३ , निक्षेप दायित्व ४७,९८,७८,०७० र कर्जा तथा सापटी रु.४७,१३,८७,०९७ रहेको उल्लेख गरिएको छ ।
सो अवसरमा अन्तरविद्यालय स्तरीय निबन्ध प्रतियोगितामा प्रथम हुने सीताराम मा.वि.की सुनिता कार्की , द्वितीय हुने अमरज्योति मा.वि.की रक्षा थापा र तृतीय हुने मण्डला इन्टरनेशनल स्कुलकी युनिस्मा विरुञ्छे , अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने ब्राइट फ्युचर स्कुलकी नीता खत्री , द्वितीय हुने मण्डला इन्टरनेशनल स्कुलका इसव कुँवर र तृतीय हुने अनुषा घिमिरे , अन्तरविद्यालय स्तरीय दौड प्रतियोगिता- छात्रातर्फ प्रथम हुने एल.आर.आई. स्कुलकी कृष्टी लामिछाने ,द्वितीय हुने न्यू डायमण्ड मा.वि.की निरुता के.सी.र तृतीय हुने कंकाली उ.मा.वि.की परिषा पाण्डे र दौड प्रतियोगिता-छात्रतर्फ प्रथम हुने नीलबाराही मा.वि. का नितेश थापा मगर , द्वितीय हुने अमरज्योति मा.वि. का अशोक बराम र तृतीय हुने जनप्रभात स्कुलका रोशन कुमाललाई नगद पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरिएको थियो । ती सबै प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई क्रमश: रु.५,००० , ३,००० , २,००० नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी स्व-लगानीमा एम.वी.वी.एस. डाक्टर र ईञ्जिनियरहरु मध्ये डाक्टरद्वय अरुणजङ्ग सुवेदी र विजन कँडेललाई जनही नगद रु.४०,००० तथा ईन्जिनियरद्वय मनिष पोखरेल र पूजा कार्कीलाई जनही नगद रु. ३०,००० प्रदान गरी सम्मान गरिएको थियो भने सोही संस्थामा उत्कृष्ट कारोवार गर्ने श्यामला पन्त र उत्कृष्ट बचतकर्ता सानुकाजी के.सी.लाई सम्मान गरिएको थियो । त्यसैगरी सोही आवसरमा त्यसै संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरुमध्येबाट २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए.का साथ उत्तीर्ण हुने प्रसिद्ध भट्टराई र प्रिज्मा गौतमलाई जनही रु.५,००० नगद पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरिएको थियो । यस्तै त्यस अवसरमा उक्त संस्थाद्वारा आयोजित स्वास्थ्य शिशीर , दौड प्रतियोगिता आदिमा विशेष योगदान तथा सहयोग पु-याउने नेपाल नेशनल हस्पिटल प्रा.लि. कलंकी , काठमाडौं , युनिभर्सल डेण्टल हस्पिटल , नागार्जुन -९ , दृष्टि आँखा केन्द्र कलंकी , स्वास्थ्यचौकी स्यूचाटार , कुइष्ट फर्मास्यूटिकल्स प्रा.लि. , एभरेष्ट फर्मास्यूटिकल्स प्रा.लि. , ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल (ज्ञान) र स्यूचाटार तेक्वाण्डो डोजाङ्ग , स्यूचाटारलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो ।





<img src="http
