सहभाव साकोस , बेसीगाउँको ८औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौंको गोकर्णेश्वर नगरपालिका -८, बेसीगाउँमा रहेको सहभाव बचत तथा ऋण सहकारी संस्था लि.को ८औं वार्षिक साधारणसभा २०७६ मंसीर २७ गते भक्तपुरको नगरकोटमा सम्पन्न भयो ।


सो संस्थाका अध्यक्ष सञ्जय पोखरेलको अध्यक्षता ,सचिव श्याम श्रेष्ठले सञ्चालन , सञ्चालक सदस्य सुरेश अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त साधारणसभाको संयोजन व्यवस्थापक जगन्नाथ चालिसेले गर्नु भएको थियो । सोही संस्थाका अध्यक्ष पोखरेलले त्यस साधारणसभाको एक समारोहका वीच उद्घाटन गर्दै हाम्रो यस सहभाव बचत तथा ऋण सहकारी संस्था लि.ले बचत तथा ऋण कारोवारका साथै आफ्ना सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पु-याउने उद्देश्य सहित सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

उहाँले यस संस्थाले सरल र सहज तरिकाबाट आफ्ना सदस्यहरुलाई व्यापारिक कर्जा , सामूहिक जमानी कर्जा आदि सुरक्षित ढंगबाट घट्दो व्याजदमा प्रदान गर्दै आइरहेको , रेमिट्यान्स सेवाबाट यस संस्थाले यो वर्ष रु,५,९७,६९९ आम्दानी गर्न सफल भएको र हाम्रो यस संस्थाले सञ्चालन गरिरहेको ७ वटा महिला लघुवित्त समूह अन्तर्गतको कार्यक्रममा १११ जना महिला सदस्यहरुको सहभागिता रहेको छ भन्नुभयो ।
त्यससभामा उक्त संस्थाका अध्यक्ष पोखरेलले सोही संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष श्रीकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समिति संयोजक सुरेश सुवेदीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । सोही साधारणसभाले छलफल गरी पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा त्यस संस्थाको निक्षेप दायित्व रु,८,८४,१३,५८९ , कर्जा लगानी रु.७,७२,२१,८९६ र शेयर पूँजी रु.८७,२८,४०० रहेको उल्लेख गरिएको छ ।
