इनोभेटिभ ओमन्स साकोस , स्यूचाटारको कूल कारोवार रु. २ करोड

काठमाडौंको नागार्जुन नगरपालिका -९ ,स्यूचाटारमा रहेको इनोभेटिभ ओमन्स बचत तथा ऋण सहकारी संस्था लि.को २०७६ मंसीर ३६ गतेसम्म शेयर पूँजी रु.६० लाख , शेयर सदस्य ४८४ जना , निक्षेप संकलन रु.१ करोड १० लाख , कर्जा लगानी रु.१ करोड ३० लाख र कूल कारोवार रु.२ करोड रहेको संस्थाले जनाएको छ ।
सो संस्थाको २०७६ मंसीर २१ गते १०औं वार्षिक साधारणसभा नेफ्स्कूनका सञ्चालक सदस्य तथा कास्कूनका अध्यक्ष दीपक पनेरुको प्रमुख आतिथ्यता , सोही संस्थाका अध्यक्ष विजु पाण्डेको अध्यक्षता र सचिव टीकामाया पाठकको सञ्चालनमा सम्पन्न भयो । त्यस साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पनेरुले सो संस्थाले गरिरहेको प्रगतिको प्रशंसा गर्दै कास्कून आफ्ना सदस्य संस्थाहरुको विकास र प्रवर्द्धनमा लागिरहेको बताउनुभयो । त्यसै अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै नागार्जुन नगरपालिका वडा नं.९ का वडा सदस्य श्रीजना भेटवाल खरेल सोही वडा सदस्य रामेश्वरी ठकुराठी लगायतले त्यस संस्थाले आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पु-याइरहेको योगदानको प्रशंसा गर्दै उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभयो
सो संस्थाकी अध्यक्ष पाण्डेले यस इनोभेटिभ ओमन्स बचत तथा ऋण सहकारी संस्था लि.ले बचत तथा ऋण कारोवारसँगै सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पु-याउन कोसिस गरिरहेको र आफ्ना सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग गर्ने उद्देश्य सहित सामाजिक उत्तरदायित्वका कार्यक्रयहरु सञ्चालन गर्दै प्रगतिपथमा अगाडि बढिरहेको बताउनुभयो ।
सो संस्थाकी उपाध्यक्ष रेवती गड्तौलाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त सभामा सोही संस्थाकी सचिव टीकामाया पाठकले त्यस संस्थाको वार्षिक प्रतिवेदन तथा प्रस्तावित कार्य योजना, कोषाध्यक्ष नारायणदेवी मल्लले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक अमृता पाठकले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । त्यस साधारणसभाले छलफलपछि पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सोही। संस्थामा महिला सदस्य ४५८ जना , शैक्षिक वाल बचतकर्ता ५७ जना , शेयर पूँजी ५४,२२,९१८ , बचत तथा निक्षेप रु.१,३३,३४,९६४/९३ , कर्जा लगानी रु.१,२५,२५,७९६ , कर्जा असुली रु.१,८७,५६,०५५ र जगेडा कोष रु.१,०१,९३६/०३ रहेको उल्लेख छ ।
त्यस सभामा सोही संस्थाकी जेष्ठ सदस्य रमादेवी दाहाललाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । त्यसैगरी उक्त संस्थाका शेयर सदस्यहरुमध्ये उत्कृष्ट नियमित बचतकर्ता उर्मीला सुवेदी र पूजा तुलाधर , असल ऋणी माया भण्डारी कँडेल र मनिता खनाल तथा सो संस्थाको शेयर सदस्यता बृद्धि गर्न महत्वपूर्ण योगदान पु-याउने शेयर सदस्यद्वय रेञ्जुकला कँडेल र नमकला सापकोटा तथा लेखा अधिकृत जीतमाया मोक्तानलाई करुवा उपहार प्रदान गरी सम्मान गरियो भने वाल बचतकर्ता विश्वविराज डल्लाकोटीलाई डायरी र कलम प्रदान गरिएको थियो ।