पिपलबोट बहुउद्देश्यीय सहकारी संस्था लि. को १२औँ वार्षिक साधारणसभा सम्पन्न

0 Shares


ललितपुर महानगरपालिका -१८ , मगरगाउँ , पिपलबोटमा रहेको पिपलबोट बहुउद्देश्यीय सहकारी संस्था लि.को १२औँ वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष दिनेश थापाको अध्यक्षता र सचिव सुदर्शन थापाको सञ्चालनमा २०७६ मंसीर २८ गते शनिवार घण्टाघर पार्टी प्यालेस , ललितपुरमा सम्पन्न भयो । उक्त साधारणसभाको राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक सदस्य तथा जिल्ला सहकारी संघ लिमिटेड , काठमाडौंका उपाध्यक्ष ज्ञानबहादुर तामाङले एक समारोहका वीच उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले यस पिपलबोट बहुउद्देश्यीय सहकारी संस्था लि.को सूचाङ्क हेर्दा स्थापना भएको छोटो समयमा नै यो सस्था कृषि सहितको बहुउद्देश्यीय कार्य गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको देखिएको र यसले अझैं धेरै प्रगति गर्न सकोस भनी शुभकामना व्यक्त गर्नुभयो । सो सभामा मोविल्याण्ड ग्रुपका अध्यक्ष दिनेश दर्शनधारी , इष्टन स्टार कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष यशोदा राई , आदिवासी जनजाती महिला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष अधिबक्ता शान्तीकुमारी राई लगायतले सो संस्थाले बचत तथा ऋण कारोवारसँगै कृषि फर्म सञ्चालन गर्नुका साथै सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु-याइरहेको योगदानको प्रशंसा गर्दै उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभयो । उक्त सभाको अध्यक्षता ग्रहण गर्दै सोही संस्थाका अध्यक्ष दिनेश थापाले यस पिपलबोट बहुउद्देश्यीय सहकारी संस्था लि.ले बचत तथा ऋण कारोवासँगै आयातलाई कम गर्ने उद्देश्यले एकीकृत पशुपालन तथा कृषि फर्म सञ्चालन गरिरहेको बताउनुभयो । देशको आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पु-याइरहेको यो संस्था आफ्ना शेयर सदस्यहरुको माया र सहयोग तथा सञ्चालक समिति तथा उपसमितिहरु र कर्मचारीहरुको कुसल व्यवस्थापन र अथक मेहनत कै कारण निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको उहाँको भनाई थियो ।
सो संस्थाका उपाध्यक्ष विद्यादेवी थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस सभामा उक्त संस्थाका अध्यक्ष थापाले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन , कोषाध्यक्ष यशोदा थापाले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक पुनम खड्गीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो । सोही साधारणसभाले शेयर सदस्यहरु वीच छलफल गरी पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा उक्त संस्थामा शेयर पूँजी रु.६०,८२,२०० , निक्षेप संकलन रु.१,८३,३३,८१३/०१ र ऋण लगानी रु.३,९७,२४,१२० र वासालात रु.५,१७,१४,६९९/०२ रहेको उल्लेख छ भने उक्त संस्थाका शेयर सदस्य विरामी भएर अस्पताल भर्ना भई उपचार गराउनु पर्ने भएमा रोगको प्रकृति हेरी रु.२,००० देखी रु.५,००० सम्म राहत स्वरुप: सहयोग रकम उपलब्ध गराइने छ , शेयर सदस्यको कुनै पनि कारणबस मृत्यु भएमा किरिया खर्च वापत निजको परिवारलाई रु.१०,००० र सदस्यको आमा , बाबुको मृत्यु भएमा किरिया खर्च बापत रु.५,००० उपलब्ध गराइने व्यवस्थालाई निरन्तरता दिइने , यस संस्थाले चालु आर्थिक वर्षबाट यसै संस्थाका शेयर धनी सदस्यहरुलाई रु.१,००,००० बराबरको नि:शुल्क म्यादी जीवन वीमा गर्नको लागि सरोकारवालहरुसँग आवश्यक छलफल गरी कार्यान्वयन गरिने तथा ऋणी सदस्यहरुलाई अनिवार्य दुर्घटना तथा जीवन वीमाको व्यवस्थालाई अझ प्रभावकारी बनाई निरन्तरता दिइने छ आदि उल्लेख गरिएको छ ।
सो सभामा त्यसै संस्थाका उत्कृष्ट ऋणी सदस्य चन्द्रमाया तामाङ तथा उत्कृष्ट कर्मचारीहरु : लेखापाल सगुन श्रेष्ठ र बजार प्रतिनिधि आशा नामजाली मगरलाई पुरस्कार सहित सम्मान गरियो । त्यसैगरी सोही संस्थाका सञ्चालक सदस्य हरि मिजारलाई सम्मान गरी प्रशंसा-पत्र प्रदान गरियो भने मुख्य बजार प्रतिनिधि श्यामनारायण थापा मगरलाई सम्मान गरी कदर-पत्र प्रदान गरिएको थियो ।
त्यस सभाका अध्यक्ष थापाले प्रमुख अतिथि तामाङलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
<img src="https://sahakarisanjal.com/wp-content/uploads/2019/12/IMG

Leave a Reply