विजुली साकोसको १०औँ वार्षिक साधारणसभा सम्पन्न

0 Shares

काठमाडौं महानगरपालिका -६ , चुच्चेपाटीमा रहेको बिजुली बचत तथा ऋण सहकारी संस्था लि. को १०औँ वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष छिरिङगतासी रोकयाको अध्यक्षता र ऋण उप-समिति संयोजक अमर भुषालको सञ्चालनमा २०७६ मंसीर २८ गते शनिवार बौद्ध तीनचुलीमा सम्पन्न भयो ।

सो साधारणसभाको उद्घाटन गर्दै

सोही संस्थाका सल्लाहकार तथा वरिष्ठ उद्यमी प्रकाशबहादुर विष्टले यस बिजुली साकोसले स्थापना भएको छोटो समयमा गरिरहेक प्रगति देख्ता आफूलाई खुशी लागेको बताउदै यस संस्थाका शेयर सदस्यहरुले निर्धक्क भएर सबै वित्तीय कारोवार गर्न आग्रह गर्नुभयो । सो सभाको अध्यक्षता गर्दै त्यस संस्थाका अध्यक्ष छिरिङ्गतासी रोकयाले यस बिजुली बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरुप्रति उत्तरदायी भएर बचत तथा ऋण कारोवार सञ्चालन गर्नुका साथै शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग गर्ने उद्देश्य सहित सामाजिक उत्तरदायित्व अन्तर्गतका रचनात्मक कार्य गरिरहेको बताउनुभयो ।
उक्त संस्थाका सचिव राजनकुमार कार्कीले स्वागत मन्तव्य र प्रवन्धक उमानाथ धमलाले धन्यवाद ज्ञापन गर्नु भएको त्यस सभामा उक्त संस्थाका अध्यक्ष रोकयाले सो संस्थाको वार्षिक प्रतिवेदन ,कोषाध्यक्ष दुर्गाबहादुर कार्कीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति हिराबहादुर थापाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त साधारणसभाबाट पारित भएको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७५ मा उक्त संस्थामा शेयर चुक्ता पूँजी रु.७९,२१,३५७ , बचत हिसाव रु.१,९१,२९,५८७ ,जगेडा तथा अन्य कोषहरु रु.२,८७,३३२ , कर्जा तथा लगानी सापटी रु.२,५०,५७,९०१ रहेको उल्लेख छ भने संस्थामा दैनिक बचत / मासिक बचत , वाल बचत , शैक्षिक बचत र उद्यमी बचत ८ प्रतिशत व्याजदरमा तथा दैनिक कारोवार बचत खातामा ५ प्रतिशत व्याजदरमा , आवधिक बचत अन्तर्गत १ वर्षेमा १० प्रतिशत , २ वर्षेमा ११ प्रतिशत , ३ वर्षेमा १२ प्रतिशत र ४ वर्षे र सोभन्दा माथि बचतमा १३ प्रतिशत व्याजदरमा तथा ऋणमा व्यवसायिक/व्यक्तिगत/ समूह जमानी ऋणको , जग्गा धितो ऋण १६ प्रतिशत घट्दो दरमा कारोवार भइरहेको उल्लेख गरिएको छ ।
त्यस सभामा सोही सस्थाका ७५ वर्षीय जेष्ठ सदस्य शेराप लामालाई असल बचतकर्ता सन्तोष खतिवडा ,राम गिरी , रमेश निरौला , नवराज ढकाल , सिर्जना श्रेष्ठ , महमद सर्दुल , टिकबहादुर लामिछाने र आर्यमर्दन थापा , असल दैनिक बचतकर्ता प्रकाश श्रेष्ठर विन्दा दनुवार र असल कारोवारी तुमाध्वज खत्री , चण्डिका बडाल , सपना शर्मा अर्याल , दिपेश खनाल , चुरबहादुर सुनार , छत्रराज गिरी , जगतबहादुर तामाङ र खडानन्द गौतम तथा सो सोही संस्थाका भूतपूर्व कर्मचारी गोपालबहादुर बस्नेत तथा बहालवाला उत्कृष्ट कर्मचारीहरु निलम थिङ , शोभा ढुङ्गाना र रोशन थापालाई सम्मान गरिएको थियो भने डोल्पाली समूह अन्तर्गतको छैगो समाजले काठमाडौंको तिनचुलीमा निर्माण गरेको पूजा घरलाई रु.५,००० सहयोग गरियो ।

Leave a Reply