तामाकोशी साकोस , चावहिलको १०औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं महानगरपालिका – ७ , चावहिलमा रहेको तामाकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभा भूतपूर्न प्रहरी नायव महानिरीक्षक चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष नविनबहादुर खड्काको अध्यक्षतामा २०७६ मंसीर २७ गते डी बौद्ध बेकरी क्याफे , चुच्चेपाटी , काठमाडौंमा सम्पन्न भयो । सो साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि खड्काले यस तामाकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत र ऋण कारोवारसँगै सामाजिक तथा आर्थिक क्षेत्रमा गरिरहेको योगदान देख्ता खुशी लागेको बताउनुभयो । नेपाल सरकारका,भूतपूर्व सह-सचिव बलदेव खड्का , चिलिङ्खा अचल सन्तती समाजका उपाध्यक्ष केशवकुमार खड्का लगायतले सो संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभयो । त्यस सभाको अध्यक्षता गर्दै सो संस्थाका अध्यक्ष नविनबहादुर खड्काले
यस तामाकोशी साकोसले बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत तथा ऋण कारोवालसँगै आफ्ना सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग गर्ने गरी सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पु-याउन कोसिस गरिरहेको बताउनुभयो ।
सोही संस्थाका उपाध्यक्ष तेजकुमारी खड्काले स्वागत मन्तव्य , सल्लाहकार अधिवक्ता सीताराम दाहालले सञ्चालन गर्नु भएको त्यस सभामा उक्त संस्थाका अध्यक्ष नविनबहादुर खड्काले सो संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष कल्पना खड्काले आर्थिक प्रतिवेदन र लेखा सुपरीक्षण समिति संयोजक रणदीप खडाकाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस साधारणसभाले छलफल गरी पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सोही संस्थाका शेयर पूँजी रु.१,१०,२७,००० , निक्षेप हिसाव रु.४,०९,६९,३२१/६५ , जगेडा तथा कोषहरु रु.१६,५६,९५२/७० , कर्जा लगानी रु.४,३४,२३,६४७/५८ रहेको उल्लेख छ ।
विभिन्न क्षेत्रसँग सम्बद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको त्यस अवसरमा प्रमुख अतिथि चन्द्रबहादुर खड्कालाई अभिनन्दन गरियो भने उक्त संस्थाका ८३ वर्षीया जेष्ठ सदस्य निर्मला खड्कालाई दोसल्ला ओडाएर सम्मान गर्नुका साथै प्रवन्धक सुनिता खड्कालाई प्रशंसा-पत्र प्रदान गरियो ।
सो सभाबाट त्यस संस्थाको सञ्चालक समितिको सह-सचिवमा कुमार खड्का र सञ्चालक सदस्य दीपक खड्का चयन हुनु भएको छ ।