नयाँपाटी साकोस , नयाँपाटीको २२औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाले पुस मसान्तसम्म ए.टी.एम. कार्ड र स्मार्ट बैंकिङ्ग सुविधा नि: शुल्क उपलव्ध गराउने

0 Shares

काठमाडौंको गोकर्णेश्वर नगरपालिका -२ नयाँपाटी चोकमा आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालन भइरहेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि. को २२औं वार्षिक साधारणसभा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठको अध्यक्षतामा २०७६ मंसीर २८ गते गोकर्णमा सम्पन्न भयो ।



नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष पौड्यालले भव्य समारोहका वीच सो साधारणसभाको उद्घाटन गर्नु भयो । त्यस अवसरमा उहाँले यस नयाँपाटी साकोसको गतिविधिलाई आफूले नजिकबाट नियालिरहेको बताउउदै स्थानीय समुदायमा आधारित रहेर आफ्ना सदस्यहरुप्रति उत्तरदायी भई बचत तथा ऋण कारोवार सञ्चालन गर्नुका साथै यसले सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा योगदान गरी राम्रो गतिका साथ यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको देख्ता आफूलाई खुशी लागेको छ भन्नुभयो ।
वित्तीय अनुशासनलाई कडाईका साथ लागू गरी सञ्चालन भइरहेको यो संस्थाले समाज रुपान्तरणमा महत्वपूर्ण योगदान गरिरहेको उहाँको भनाई थियो ।
। सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री बनाउनु पर्ने खाँचो औल्याउदै उहाँले सरकारले स्थीरिकरण कोषको कार्यविधि स्वीकृत गरेकोले उक्त कोषमा सहभागी हुने सहकारी संस्थाले वित्तीय समस्या पर्दा सहयोग प्राप्त गर्न सक्ने अवस्था निर्माण हुने छ भन्नुभयो । उक्त साधारणसभाको अध्यक्षता ग्रहण गर्दै सो संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठले २२ वर्ष अगाडि छरिएर रहेको स-सानो पूँजीलाई एकत्रित गरी स्थानीय समुदायको आर्थिक उन्नतिक़ो निम्ति २८ जना युवा शेयर सदस्यहरुको थोरै शेयर पूँजीबाट सञ्चालन शुरु भएको यो संस्था यहाँसम्म आइपुग्दा यो क्षेत्रको उत्कृष्ट संस्थाको रुपमा यसले आफूलाई उभ्याउन सफल भएको बताउनुभयो । ‘सम्पूर्ण वित्तीय समाधानको पहिलो छनौट नयाँपाटी साकोस’को परिकल्पनालाई व्यवहारमा सार्थक बनाउने उद्देश्यका साथ अगाडि बढिरहेको यस संस्थाले बजारमा सफल देखिएका नयाँ -नयाँ प्रविधिलाई आत्मसाथ गरिरहेको र निकट भविष्यमा यसले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-१ , गागलफेदीमा आफ्नो १ सदस्य सेवाकेन्द्र र अन्य स्थानमा १ सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिरहेको उहाँको भनाई छ ।

समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको उपस्थिति रहेको त्यस सभामा सोही संस्थाका सचिव चिरञ्जीवी सिंखडाले उ्क्त संस्थाको प्रगति प्रतिवेदन पेश गर्दै सो संस्थाका ३ हजार ८६ जना शेयर सदस्यहरुलाई ए.टी.एम. , स्मार्ट बैंकिङ्ग जस्ता सुविधा प्रदान गर्दै आएको र सदस्यहरुको सुविधालाई मध्यनजर गरी चालु आर्थिक वर्षबाटै सर्भर सिष्टम , स्मार्ट काउण्टर र लकर सुविधा सञ्चालन गर्ने तयारी भइरहेको बताउदै यस संस्थाले सञ्चालन गरिरहेको लघुवित्त कार्यक्रम अन्तर्गत लघुवित्त समूहमा आबद्ध सदस्यहरुलाई उहाँहरुको व्यवसायको आधारमा रु.२ लाख ५० हजारदेखि रु.७० लाखसम्म सस्तो व्याजदरमा कर्जा प्रवाह गरिरहेको छ भन्नुभयो ।
सोही संस्थाका कोषाध्यक्ष उत्तम खड्काले त्यस संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७५/०७६ मा त्यस संस्थाको शेयरपूँजी रु.९,११,४६,०००, बचत संकलन ५५, ७७,८४,७३७/१६ र ऋण लगानी रु.५८,६८,८१,७५६/५६ र कुल वासलात रु.७८,१७,४४,९१६/९३ रहेको बताउनुभयो । त्यस सभामा लेखा सुपरीवेक्षण समिति संयोजक बालकृष्ण श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो ।
त्यस साधारणसभाबाट छलफल गरी पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थाले रु.२,५०,२७,९६५/६९ खुद नाफा आर्जन गरेको तथा कर दायित्व वापत रु.१३,५९,८५६/०४ कर तिरेको उल्लेख छ भने यस संस्थाले चालु आर्थिक वर्षभित्र आवश्यकताको आधारमा थप ए.टी.एम.मेशिन जडान गरी सेवा प्रदान गर्ने , ९ प्रतिशत व्याजदरमा कृषि व्यवसाय र ११ प्रतिशत व्याजदरमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गरी व्यवसाय गर्न चाहने सदस्यलाई कर्जा उपलब्ध गराउने,त्यस। संस्थाका ७० जना जेष्ठ सदस्यहरुलाई धार्मिक भ्रमण गराउने , सहकारी एकीकरणको लागि पहल गर्ने ,डिजिटल सूचना बोर्डको स्थापना गर्ने तथा प्राविधिक शिक्षा अध्ययन गर्न चाहने सदस्यलाई १० प्रतिशत व्याजदरमा रु.१ करोड रकमसम्म कर्जा उपलब्ध गराउने आदि उल्लेख छ ।
सभामा उत्कृष्ट शेयर खरिदकर्ता रत्न श्रेष्ड र राजनदेवी ,उत्कृष्ट नियमित बचतकर्ता कृष्णकुमारश्रेष्ठ र कल्पना कर्मचार्य , बाल बचतकर्ता भूमिका गुरुङ र श्लोक श्रेष्ठ , ज्येष्ठ शेयर सदस्यहरु पूर्णलक्ष्मी श्रेष्ठ र लीलबहादुर कार्की , लघुवित्त तर्फ : नियमित वाल बचत तर्फ रिदान्सी न्यौपाने , असल ऋणी रीता लामा ,भूमथली महिला स्वावलमावन केन्द्र नं.१४ – क नं.१४ र लघु उद्यमी रीता सेञ्चुरी , सर्वेश्वर महिला स्वावलम्लन केन्द्र नं. कनं., उत्कृष्ट लघुवित्त केन्द्र तर्फ प्रथम हुने भगवती महिला स्वावलम्वन केन्द्र (ख) ,केन्द्र नं. ३१, गोदावारी नगरपालिका -२ , ललितपुर , द्वितीय हुने सोसिटोल महिला स्वावलम्वन केन्द्र नं. ४५ , गोदावारी नगरपालिका – २ , ललितपुर र तृतीय हुने पिपलवस्ती महिला स्वावलम्वन केन्द्र , केन्द्र नं. केन्द्र नं. १०९ , गोदावारी नगरपालिका , ललितपुर , उत्कृष्ट केन्द्र प्रमुख सकुन्तला थापा मगर , ऋषीश्वर महिला स्वावलम्वन केन्द्र प्रमुख र उत्कृष्ट असल ऋणी विकाश लामा र पवित्रा तामाङ तथा उत्कृष्ट कर्मचारीहरु सहायक प्रवन्धक शिवभक्त मानन्धर तथा रविन श्रेष्ठ र श्रीमान तामाङलाई सम्मानित गरिएको थियो । त्यसैगरी सोही सभामा उक्त संस्थाका सदस्यहरु तथा सदस्यहरुलाई दाँतको उपचारमा २५ प्रतिशत छुटको व्यवस्था हुने गरी ऊँ डेण्टल केयर चावहिल सँग सम्झौता गरिएको जानकारी दिइएको थियो ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌। त्यसैगरी एटिम कार्ड र स्मार्ट बैैंकिङ्ग सुविधा लिन चाहने सदस्यहरुलाई यही पुस मसान्तसम्म नि:शुल्क रुपमा प्रदान गर्ने जानकारी दिइयो ।

त्यस संस्थाले व्यापार, व्यवसाय, वैदेशिक रोजगार , हायरपर्चेज , कृषि तथा पशुपालन, प्राविधिक शिक्षा,जग्गा खरिद , लघुवित्त,आवास , घरायसी र शैक्षिक आदि क्षेत्रमा ऋण लगानी गर्दैै आएको त्यस संस्थाको भनाई छ ।

Leave a Reply