आफ्नो २७औँ स्थापना दिवसमा पद्मावती साकोसले ग-यो भीमसेन मन्दिर पुनर्निमाणका लागि रु.१ लाख सहयोग

0 Shares

ललितपुरको न:बहालमा रहेको पद्मावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको जानकारी प्राप्त भएको छ ।

यसैक्रममा उक्त संस्थाको आयोजनामा २०७६ मंसीर २७ गते शुक्रवार विहान ७-८ बजे सो संस्थाको भवन माथि रहेको चैत्यमा पूजाआजा गर्नुका साथै त्यसै दिन विहान ९-१२ बजे सोही संस्थाको आयोजना र पद्मावती स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा सो संस्थाको परिसरमा २१औँ रक्तदान कार्यक्रम सम्पन्न भयो ।

मौसमको प्रतिकूलताका कारण त्यस रक्तदान कार्यक्रममा १२ जना रक्तदाताले मात्रै रक्तदान गर्न सम्भव भएको सोही संस्थाका प्रवन्धक उत्तमराज बज्राचार्यले सहकारी सञ्जाललाई बताउनुभयो । त्यसैगरी उक्त संस्थाको २७औँ स्थापना दिवस कै उपलक्ष्यमा सोही दिन अपरान्ह उक्त संस्थाको परिसरमा विशेष कार्यक्रम सम्पन्न भयो । ललितपुर महानगरपालिका मेयर चिरीवावु महर्जनले एक समारोहका वीच उक्त कार्यक्रमको उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा मेयर महर्जनले यस पद्मावती साकोसले वित्तीय कारोवारसँगै सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गरिरहेको योगदान देख्ता आफूलाई खुशी लागेको छ भन्नुभयो ।

सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्दै उहाँले ललितपुर महानगरपालिकाले सहकारीको विकास र प्रवर्द्धन गर्ने नीति लिएको बताउनुभयो । त्यस अवसरमा सहकारी प्रशिक्षक तथा मनासलु बहुउद्देश्यीय सहकारी संस्था लि., त:ढोका , ललितपुरका अध्यक्ष राजेन्द्र पौडेल , पद्मावती विहारका गुरुजू दीपकराज बज्राचार्य लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।
सोही संस्थाका अध्यक्ष नेमवीर शाक्यले अध्यक्षता र शिक्षा उप-समिति संयोजक सुशिला शाक्य बज्राचार्यले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा मेयर महर्जनले सो संस्थाले सम्पादन तथा प्रकाशन गरेको ‘संस्थाको विनियम तथा नीति पुस्तिका’ विमोचन गर्नुभयो ।

त्यस अवसरमा उक्त कार्यक्रमका अध्यक्ष नेमवीर शाक्यले स्वागत मन्तव्य व्यक्त गर्दै आफ्नो २७ औँ स्थापना दिवस मनाइरहेको यस पद्मावती बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्यहरु तथा कर्मचारीहरुको स्नेह र लगावका कारण विभिन्न आरोह अवरोह पार गरी यो अवस्थामा आइपुगेको यो संस्थाले बचत तथा ऋण कारोवार सँगै सामाजिक उत्तरदायित्वका कार्य गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको बताउनुभयो । सो संस्थालाई माया र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै उहाँले यो संस्थाका शेयर सदस्य तथा कर्मचारीहरुलाई ऐन , नियमावली , सम्पति शुद्धिकरण ऐन तथा सामाजिक सुरक्षा कोष योजना कार्यविधिबारे जानकारी होसा भन्ने उद्देश्यले यस संस्थाले ‘संस्थाको विनियम तथा नीति पुस्तिका’ सम्पादन गरी प्रकाशन गरेको बताउनुभयो ।
त्यस अवसरमा पद्मावती विहारका गुरुजूद्वय दीपकराज बज्राचार्य र नानीवावु बज्राचार्यलाई सम्मान गरियो भने सोही संस्थाकी नि:वर्तमान कर्मचारी शर्मिला शाक्य र पद्मावती स्वास्थ्य केन्द्रकी नि:वर्तमान कर्मचारी चनमाया महर्जनलाई आफू सम्लग्न संस्था/ केन्द्रमा रहेर पु-याएको योगदानको कदर गर्दै सम्मान गरी विदाई गरिएको थियो ।
त्यसै अवसरमा नेवारी संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम समेत सञ्चालन भएको थियो ।

सहकारी सुरक्षण कोष अन्तर्गतका सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिदिहरु लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा ललितपुरको पाटन मंगलबजारमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि सहयोग स्वरुप: पद्मावती बचत तथा ऋण सहकारी संस्था लि. तर्फबाट उक्त संस्थाका अध्यक्ष नेमबीर शाक्यल सो मन्दिर पुनर्निमाण समितिका संयोजक तथा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनलाई रु.१ लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । २०७२ सालको विनासकारी महाभूकम्पले क्ष्यति पु-याएको उक्त भीमसेन मन्दिर पुनर्निमाणका लागि दाताहरुबाट सहयोग गर्ने क्रम चलिरहेको छ भने ललितपुर उद्योग वाणिज्य संघले पनि सो मन्दिर पुनर्निमाणका लागि सहयोग जुटाउने लगायतका उद्देश्यले ललितपुर विभिन्न ऐतिहासिक , धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थलहरु केन्द्रित गरी गत असोज ४ गते ललितपुरमा पदयात्रा कार्यक्रम सञ्चालन गरेको थियो ।
आफ्नो २७औं स्थापना दिवस मनाएको पद्मावती बचत तथा ऋण सहकारी संस्था लि.को २०७६ मंसीर मसान्तसम्म शेयर सदस्य संख्या २,४८६ , शेयर पूँजी रु.४,४२,५६,४०० , निक्षेप दायित्व रु.२८,१८,३५,००० , कर्जा लगानी रु.३२,९१,६७,००० र कूल सम्पति तथा दायित्व रु.४५,४४,५५,००० रहेको उक्त संस्थाले जनाएको छ ।


Leave a Reply