नेपाल राष्ट्र बैंकले सहकारीको अनुगमन नगर्ने

आर्थिक वर्ष २०७५/०७६ को आरम्भसँगै सहकारी संस्थाहरुको अनुगमन तथा नियमन गर्न छाडेको नेपाल राष्ट्र बैंकले रु.५० करोडभन्दा माथि कारोवार गर्ने सहकारी संस्थालाई पुन: अनुगमन तथा नियमन गर्ने चर्चा सहकारी क्षेत्रमा चलिरहेको बेला नेपाल राष्ट्र बैंकले सहकारीको अनुगमन नगर्ने जनाएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले नेपाल राष्ट्र बैंकले आफूले इजाजत दिएको बैंक तथा वित्तीय संस्थाहरुको मात्र अनुगमन तथा नियमन गरिरहेको छ तर सहकारीको भने अनुगमन नगरेको बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैंकले सहकारीको अनुगमन तथा नियमन गर्न कानूनी आधार तथा पोलिसी फेमवर्क र लिगल्ली फेमवर्क निर्माण गरेर सरकारले दिनु पर्ने हुन्छ , तबमात्र नेपाल राष्ट्र बैंकले सहकारीको अनुगमन तथा नियमन गर्ने हो तर त्यो अहिलेसम्म नेपाल सरकारले नेपाल राष्ट्र बैंकलाई दिएको मेरो जानकारीमा छैन, ।