नेफ्स्कूनको २८औँ वार्षिक साधारणसभा आजबाट शुरु , परितोष पौड्याल अध्यक्ष बन्ने निश्चित

0 Shares

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको २८औँ वार्षिक साधारणसभा आजबाट काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुरु भएको छ । नेफ्स्कूनको नयाँ नेतृत्व चयन गरेर सो साधारणसभा भोलि सकिदैछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस निकट सहकारीकर्मीहरु वीच मिलेर नेफ्स्कूनको नयाँ नेतृत्व चयन गर्ने सहमती भ जको बताइएको छ । जस अनुसार वरिष्ठ उपाध्यक्ष सहित ६ जना सञ्चालक सदस्य नेपाली काँग्रेस निकट सहकारीकर्मीहरुले र बाँकी पद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट सहकारीकर्मीहरुले लिने सहमती भएको बताइएको छ । जसका कारण नेफस्कूनको नयाँ नेतृत्व सर्वसम्मत चयन हुने वातावरण बनेको छ । जस अनुसार नेफ्स्कूनको अध्यक्षमा परितोष पौड्याल र वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल बन्ने निश्चित भएको बताइएको छ । यसको औपचारिक घोषणा भोलि हुनेछ ।
सो साधारणसभाको भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले एक समारोहका बीच उद्घाटन गर्नुभयो । त्यस अवसरमा मन्त्री अर्यालले सहकारी एकीकरणलाई अभियानका रुपमा अगाडि बढाई सहकारीलाई व्यवस्थित गर्ने बताउनु भएको थियो । नेफ्स्कूनका अध्यक्ष डी.वी. बस्नेतको अध्यक्षतामा भएको उद्घाटन सत्रमा भूतपूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष केशवप्रसाद बडाल ,नेपाली काँग्रेसका नेता तथा भूतपूर्व मन्त्री बालकृष्ण खाँण लगायतका बक्ताहरुले उक्र साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।


Leave a Reply