जिल्ला सहकारी संघ लि. , काठमाडौंको २०औँ वार्षिक साधारणसभा पुस १८ गते हुने , ज्ञानबहादुर तामाङ अध्यक्ष बन्ने पक्का , टेकप्रसाद चौलागाईलाई राष्ट्रिय सहकारी महासंघ लि. को सञ्चालक बनाउन काठमाडौंका सहकारीकर्मीहरुको माग

0 Shares

जिल्ला सहकारी संघ लिमिटेडको २०औँ वार्षिक साधारणसभा २०७६ पुस १८ गते योगम्बर पार्टी प्यालेस , सिहंदरवार , काठमाडौंमा हुने भएको छ । यो चुनावी साधारणसभा पनि भएकोले यसबाट जिल्ला सहकारी संघ लिमिटेड , काठमाडौंको नयाँ नेतृत्व चयन हुने बताइएको छ । त्यस संघका वर्तमान अध्यक्ष टेकप्रसाद चौलागाईले सो साधरणसभाबाट उक्त संघको अध्यक्ष नबने घोषणा गरी सोही संघका वर्तमान उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक सदस्य ज्ञानबहादुर तामाङको नाम अबको सो संघको अध्यक्ष पदका लागि प्रस्ताब गर्नु भएको छ । जसका कारण इमान्दार , बौद्धिक र मिलनसार व्यक्तित्वको छवि बनाएका ज्ञानबहादुर तामाङ सोही साधारणसभाबाट जिल्ला सहकारी संघ लिमिटेड , काठमाडौंको अध्यक्ष बन्ने निश्चित जस्तै बनेको छ ।
यता काठमाडौंका सहकारीकर्मीहरुले जिल्ला सहकारी संघ लिमिटेड , काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईलाई राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालको सञ्चालक सदस्य बनाउनु पर्ने माग काठमाडौंका धेरै सहकारीकर्मीहरुले गरिरहेको देखिएको छ ।

Leave a Reply