शुभकामना

0 Shares

-विश्वनाथ ढुङ्गेल
कोषाध्यक्ष
भविष्य बचत तथा ऋण सहकारी संस्था लि.

सहकारी प्रति हाम्रो एउटै भावना
आज तिम्रो जन्म दिनको शुभ-कामना ।
सही मार्ग पहिलाई रहोस्-हाम्रो चाहना
सहकार्य सहकारी शुभ-कामना।।
सहकार्य बाटोदेखि कहिल्यै झुक्न हुन्न
जनताको मायाबाट हामी फुक्न हुन्न ।
सहकारी मान्यतालाई लेखी रहन पाउँ
जनताले माया दिउन-देखी रहन पाँउ ।।
जनताको घर-घरमा दिनुपर्छ सेवा
जनताकै माया बिना हुन्न हाम्रो टेवा ।
सहकारी उन्नतिमा बढाउन माया
जनतामा पार्नु हुन्न दुविधाको छाँया ।
कतै हाम्रो मन पनि फुकिएको छ कि
सहकारी वाचा वन्धन झुक्किएको छ कि ।
हजुर हामी विश्वास घातमा अडकिदै छौँ कि !
लोभ लाभ नजरमा तडपिदै पो छौँ कि ।
हाम्रो तिमी अभिभावक राम्रो बाटो देखाऊ
दाँया बाँया नजर गए कलम कोरी देखाऊ ।
सही सलाम काम गरौँ-जनता खुशी पारी
समाजले सधैं दिन्छन्-माया वरावरी ।।
लुकाउनु हुन्न तिमले दाँया बाँया सरया (सर्या)
त्यसैले त आज हामी तिम्रो भर परया (पर्या) ।
फलोस् फुलोस् सवको मनमा यही चाहना
मङ्गलमय जन्म दिनको शुभःकामना ।।

Leave a Reply