राष्ट्रिय सहकारी महासंघ लिमिटेडको २७औँ वार्षिक साधारणसभा पुस २४ र २५ गते हुने , महासंघ अध्यक्षमा मीनराज कँडेल र धर्मदत्त देवकोटा उम्मेद्वार बन्ने

0 Shares

देशभरीका सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालको २७औँ वार्षिक साधारणसभा २०७६ पुस २४ र २५ गते काठमाडौंमा हुने भएको छ । यो चुनावी साधारणसभा पनि भएकोले यसले सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको चयन गर्ने बताइएको छ । सो महासंचका अध्यक्ष केशवप्रसाद बडाल अध्यक्षमा नउठ्ने भएसँगै सोही महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल र लेखा सुपरीवेक्षण समिति संयोजक धर्मदत्त देवकोटाले उक्त महासंघको अध्यक्षमा उम्मेद्वार बन्ने चाहना व्यक्त गरेको देखिएको छ । धर्मदत्त देवकोटाले यही पुस ३ गते सम्पन्न राष्ट्रिय सहकारी बैंक लि.को १६औँ वार्षिक साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा सो पदमा उम्मेद्वार बन्ने औपचारिक घोषणा नै गर्नु भयो । कँडेल र देवकोटा दुबे जना सो पदका लागि लविङमा लागेको देखिएको छ तर यता राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेती भने राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन हुनु पर्नेमा जोड दिइरहनु भएको छ । उता सहकारीकर्मीहरुले पनि उक्त महासंघको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मतीका साथ चयन हुनु पर्नेमा जोड दिइरहेको देखिएको छ ।

Leave a Reply