सामूहिक साकोसले पायो भक्तपुर जिल्ला मै पहिलो पटक नेपाल स्तरको ब्राण्ड

0 Shares

भक्तपुर जिल्ला मै पहिलो पटक सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड , भुलाञ्चा , भक्तपुरले नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभाग र नेफ्स्कूनद्वारा संयुक्त रुपमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुको गुणस्तर सुनिश्चितताका लागि “पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम” प्रोवेशनको ब्राण्ड (NS Brand) प्राप्त गरेको छ । २०७६ पुस ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान , कमलादी , काठमाडौंमा सम्पन्न नेफ्स्कूनको २८औ वार्षिक साधारणसभामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले उक्त ब्राण्ड सो संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायलाई प्रदान गर्नुभएको थियो ।
“सदस्यहरुको बचतको पूर्ण सुरक्षा तथा जोखिम रहित संस्थाको रुपमा विगत लामो समयदेखि अभ्यासरत यस संस्थाले अन्तत: सफलता प्राप्त गरेको र यो ब्राण्ड प्राप्त गर्ने भक्तपुर जिल्ला मै यो पहिलो संस्था बनेको छ” , उक्त संस्थाको भनाई छ । यो ब्राण्ड प्राप्तीका लागि सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, बिभिन्न उप-समिति तथा सम्पूर्ण व्यवस्थापन टीमको अथक प्रयास र मेहेनत रहेको तथा सदस्यहरुको सन्तुष्टी तथा गुणस्तरीयताका लागि सदैव क्रियाशील सामूहिक साकोस भक्तपुर मै एउटा उदाहरणीय संस्था बनेको र आगामी वर्ष नै एशियाली मापदण्ड (ACCESS Brand) मा समेत सफल हुने लक्ष्यका साथ अगाडि बढिरहेको यो संस्थाले सबै सदस्यहरुका लागि समय सापेक्ष थप सेवा सुविधा सार्वजनिक गरेको उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले सहकारी सञ्जाललाई बताउनुभयो । उहाँले अब सदस्यहरुका हरेक वित्तीय आवश्यकताहरुको समाधानका लागि सामूहिक साकोसबाट अन्यत्र जानु नपर्ने गरी रणनीतिहरुको विकास भएको छ भन्नुभयो । सहकारी विभाग र नेफ्स्कून प्रति समेत यो उपलब्धीका लागि सो संस्थाले आभार प्रकट गरेको उहाँको भनाई छ ।

Leave a Reply