छहारी साकोस , गाम्चाको ९औँ वार्षिक साधारणसभा सम्पन्न

0 Shares


भक्तपुरको सुर्यबिनायक नगरपालिका -४ , गाम्चा चोकमा आफ्नै साँढे तीनतले भवनबाट सञ्चालन भइरहेको
छहारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९औँ वार्षिक साधारणसभा भूतपूर्व उद्योग मन्त्री तथा संघीय संसदको प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष कृष्णहरि खड्काको अध्यक्षतामा २०७६ पुस ५ गते सम्पन्न भयो । प्रमुख अतिथि बस्नेतले उक्त साधारणसभाको उद्घाटन गर्दै

सहकारी मुलुकको समृद्धीको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सहकारीको विकास भएसँगै थोरै पूँजी भएका नागरिकहरुलाई पनि सानातिना व्यापार व्यवसाय गर्न सक्ने अवस्था बनेको र रोजगारी सिर्जना हुदै गएको बताउनुभयो । उहाँले यस छहारी साकोसले यो क्षेत्रमा छोटो समयमा बचत तथा ऋण कारोवार सँगै उल्लेख्य कार्य गरेको बताउदै अरु सहकारी संस्थाहरुले पनि छहारी साकोसबाट सिक्नु पर्ने खाँचो औल्याउनुभयो । सहकारीको विकासले साहुसँग चर्को व्याजदरमा ऋण लिनु पर्ने अवस्था हटेको बताउदै उहाँले बर्तमान सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई सार्थक तुल्याउन सहकारीको भूमिका महत्वपूर्ण हुने छ भन्नुभयो । त्यस साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा , सहकारी अभियन्ता तथा नेफस्कूनका भूतपूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्ग , सहकारी विज्ञ कृष्णबहादुर खड्का , समाजसेवी प्रेमबहादुर खड्का , जनक न्यौपाने , श्रीकृष्ण विष्ट लगायतका वक्ताहरुले सो संस्थको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभयो । सोही अवसरमा त्यस सभाका अध्यक्ष कृष्णहरि खडाकाले उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै यस छहारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग गर्ने उद्देश्य राखी बचत तथा ऋण कारोवारसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले सदस्यहरुको माया र स्नेह तथा कर्मचारीहरुको परिश्रमले हाम्रो यस संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ भन्नुभयो । यस क्षेत्रका सहकारीहरु मध्ये आफ्नो साँढे तीन तलाको भवन बनाएर यस संस्थाले आफ्ना सदस्यहरुलाई अत्याधुनिक सेवा प्रदान गरिरहेको उहाँको भनाई थियो । सो सभामा उक्त संस्थाका सचिव रामशरण प्रजापतीले त्यस संस्थाको आर्थिक वर्ष २०७५/०७६ को प्रगति प्रतिवेदन , कोषाध्यक्ष प्रवीण शंखदेवले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक अनिता राउतले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भ एको थियो । शेयर सदस्यहरुले छलफल गरी त्यस साधारणसभाबाट ती प्रतिवेदनहरु पारित भएका थिए ।
उक्त साधारणसभामा त्यस सहकारीले बिभिन्न बिधामा मुलुक र भक्तपुरको नाम उचो बनाएका व्यक्तित्व तथा समूहहरुलाई सम्मान ग-यो ।
त्यसरी सम्मानीत हुनेहरुमा हालै सम्पन्न साफ खेलकुद प्रतियोगितामा दोहोरो स्वर्ण पदक बिजेता मण्डेकाजी श्रेष्ठ, काश्य पदक बिजेता श्रीराम माकाजु , बाल गायक आयुष केसी, कलिलै उमेरमा न्याय सेवाको अधिकृतमा नाम निकाल्न सफल श्रद्धा बिष्ट लगायतलाई प्रमुख अतिथि पूर्वमन्त्री बस्नेत र त्यस सभाका अध्यक्ष खड्काले नगदसहित सम्मान गर्नु भएको थियो । त्यसैगरी उहाँहरुले सोही सभामा उक्त संस्थाका जेष्ठ शेयर सदस्यद्वय ९६ वर्षीय धनबहादुर राजथला र ८२ वर्षीय विष्णुमाया शंखदेव, उत्कृष्ट वचतकर्ता प्रिया बस्नेत र माइली प्रजापती, उत्कृष्ट नियमित बचतकर्ता अनुशा थापा, उत्कृष्ट महिला समूहमा सृजनशील महिला समूह र असल ऋणी सदस्य मिठु परियारलाई सम्मान गर्नु भयो । त्यसैगरी सोही संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए. का साथ सामुदायिक विद्यालयबाट उत्तीर्ण हुने दिपेश घिमिरे र अस्मिता कार्कीलाई पनि पुरस्कृत गरिएको थियो भने छहारी छात्रवृत्ति रोहन गोले र मीना थापालाई प्रदान गरिएको थियो ।
त्यस अवसरमा सोही सभाका अध्यक्ष खड्काले प्रमुख अतिथि बस्नेतलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।



Leave a Reply