प्रदेश नं. ३ को नाम बागमती र राजधानी हटौडा राख्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को निर्णय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश नं.३ को राजधानी हेटौडा र नाम बागमती राख्ने निर्णय गरेको छ । सो प्रदेशसभामा उक्त दलको भारी बहुमत रहेकोले उसको यो निर्णयसँगै प्रदेश नं. ३ को नाम र राजधानीको विषय टुङ्गो लाग्ने देखिएको छ । राजधानी काभ्रे हुनु पर्नेमा जोड लगाई रहेका सोही दलका त्यस प्रदेशका सभासद चन्द्र लामा लगायतले भने असन्तुष्टि जनाएको देखिएको छ ।
प्रदेश नं. ४ को नाम गण्डकी र राजधानी पोखरा , ६ को नाम कर्णाली र राजधानी सुर्खेत र ७ को नाम सुदूर पश्चिम र राजधानी कैलालीमा रहने टुङ्गो लागी सकेको छ भने प्रदेश नं. ५ को नाम लुम्विनी र राजधानी रुपन्देहीमा रहने संकेत देखिएको छ तर प्रदेश नं.१ र २ को नाम र राजधानीको विवाद भने कायमै छ ।