नागरिकहरुले गरे दिवंगत राजा वीरेन्द्रको सम्झना

0 Shares

नारायणहिटी दरवार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्र शाहको हिजो नागरिकहरुले सम्झना गरेको देखियो । वि.सं. २००२ साल पुस १४ गते जन्मिएका दिवंगत राजा वीरेन्द्र शाह बाँचेका भए हिजोबाट ७५ वर्षमा प्रवेश गर्ने थिए । २०५८ साल जेष्ठ १९ गते शुक्रवार साँझ भएको नारायणहिटी दरवार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र , रानी ऐश्वर्य ,भूतपूर्व अधिराजकुमार धीरेन्द्र , युवराज दीपेन्द्र , अधिराजकुमारी श्रुती , अधिराजकुमार निराजन लगायतको ज्यान गएको थियो तर त्यस घटनामा तत्कालीन अधिराजकुमार तथा पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारका सबै सदस्य , तत्कालीन राजा वीरेन्द्रका ज्वाइ गोरख तथा भूतपूर्व युवराज धीरेन्दारका छोरीहरु लगायत बाँचेका थिए । सो घटनाको वारेमा उक्त घटना छानविन समितिले सार्वजनिक गरेको प्रतिवेदनलाई नागरिकहरुले विश्वास गरेको देखिएको छैन । दासढुङ्गा हत्या काण्ड जस्तै यो नारायणहिटी हत्याकाण्ड पनि रहस्यको गर्भ मै रहेको देखिन्छ ।

Leave a Reply