प्रदेश नं ३ को केन्द्र र नामाकरण बारे

0 Shares

– शेरबहादुर तामाङ , भूतपूर्व मन्त्री तथा वर्तमान सांसद एवं नेता , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

प्रदेश नं ३ को केन्द्र र नामाकरणको विषयमा अहिले पार्टी पंक्ति र आम जनताको चासो र चर्चाको विषय भएको छ । यो बिषयमा तत्कालीन एमाले बागमती अञ्चल कमिटीको तर्फबाट मेरो संयोजकत्वमा २०६८ सालमा राज्यपुनसंरचना अध्ययन कार्यदल बनाई राज्यको पुनसंरचना सम्बन्धमा दृष्टिकोण बनाउने काम भएको थियो । हाम्रो कार्यदलले ७ वटा प्रदेशको भुगोल, नाम, केन्द्र र नक्सा समेत तयार पारियो । २०६८ माघ ११ गते पार्टी केन्द्रलाई सो प्रस्ताव छलफलको लागि पेस गरियो । पार्टीको २०६९ असार, श्रावणमा सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद बैठकमा सो बिषयमा छलफल भयो । सोही आधारमा त्यसपछि बसेको एमाले केन्द्रिय कमिटीको बैठकले ७ प्रदेशको अवधारणालाई स्वीकार गर्दै हामीले प्रस्ताव गरेको नाममा केही फेरबदल गर्यो । जसमा म अरु प्रदेशको बारेमा जान चहान्न, प्रदेश ३ कै बारेमा अहिले चर्चा भैरहेकोले म यस विषयमा राख्दछु । अहिले भनिएको प्रदेस ३ को नाम : वागमती नेवा तामसालिङ हामीले प्रस्ताव गरेकोमा पार्टीले तामसालिङ नेवा वागमती भनेर निर्णय गर्यो । भुगोल जस्ताको तस्तै स्वीकार गरियो । जहाँसम्म केन्द्रको विषय छ हामीले काभ्रेको बनेपा, धुलिखेल र पनौती मिलाएर महानगर बनाई त्यसैलाई प्रदेसको केन्द्र बनाउने प्रस्ताव गरिएको थियो । पार्टीले केन्द्रको बारेमा नबोलेकोले हाम्रो प्रस्ताव स्वीकार गरेको बुझ्यौं । (हामीले प्रस्ताव गरेको खाका तलको फोटो पेपरमा हेर्नुहोला)
पछि संविधानसभाले २०७२ मा संविधान बनाउँदा हाम्रो प्रस्ताव अनुसार एमालेले तयार गरेको ७ प्रदेसको खाकालाई पारित गर्यो । नाम भने अंकमा राख्यो । केन्द्र तोकेन । पछि २०७४ सालमा शेर बहादुर देउवा नेतृत्वको चुनावी सरकारले हेटौंडालाई अस्थायी राजधानी तोक्यो ।
अहिले नेकपाले प्रदेसको केन्द्र हेटौंडा नै हुने र नाम वागमती हुने भनेर स्थायी कमिटीको निर्णय भनेर प्रचार भएको छ । जहाँसम्म यस्तो निर्णय भएको छैन होला । भएको भएपनी सच्याउनु पर्छ । प्रदेसको केन्द्र र नाम तोक्ने कुरालाई पार्टी केन्द्रको विषय बनाउनु हुँदैन ।

(सामाजिक सञ्जाल Facebook बाट साभार)

Leave a Reply