तमु ल्होसार मनाउदै तमु गुरुङहरु

0 Shares

आज तमु गुरुङ समुदायले तमू ल्होसार हर्षोल्लासका साथ मनाइरहेका छन् । गुरुङ भाषामा’ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु हुन्छ । गए राती १२ बजेबाट पुरानो वर्ष सकिऐर नयाँ वर्ष शुभारम्भ भएको उपलक्ष्यमा विशेष गरी तमु गुरुङहरु नव वर्षको शुभकामना आदान प्रदान भइरहेको छ । । गुरुङ जातीको पात्रो अनुसार मुसा , गाई , बाघ , विरालो , गिद्ध , सर्प , घोडा , भेडा ,बाँदर , चरा , कुकुर र मृग वर्गहरु मध्ये आजबाट मृग वर्ग समाप्ती भई मुसा वर्ग शुरु भएको मानिन्छ । गुरुङ समुदायको पुरानो पात्रो ‘प्यो’शास्त्र अनुसार पुस १५ गते गुरुङहरुको महापुरुषको जन्म भएको विश्वास रहेको बताइन्छ ।

तमु ल्होसारको उपलक्ष्यमा आज आफन्त र इष्टमित्रहरु वीच आशिर्वाद आदान प्रदान गर्ने , गुरुङ संस्कृति झल्किने पहिरन लगाउने र आफन्त तथा इष्टमित्र भेला भएर सँगै बसेर खानपान गरी नाँगगान गरेर रमाइलो गरिदै छ । तमु ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुडिखेल तथा पोखरा लगायतका विभिन्न स्थानहरुमा तमु गुरुङ समुदायले सार्वजनिक स्थलमा भेला भएर हर्षबढाई गर्ने क्रम चलिरहेको छ । हिजोदेखि नै काठमाडौंको टुडिखेलमा डेड सय वटा जति स्टल राखिएको छ । यही आइतबारबाट तमु ल्होसारको उपलक्ष्यमा तमुहरुले हर्ष बढाई शुरु गरेपनि आज विशेष कार्यक्रम गरिदै छ । तमू गुरुङहरुले काठमाडौंको टुडिखेलमा आजै दिउसो आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी , संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई , महिला वालवालिका ,जेष्ठ नागरिक तथा समाज कल्याण मन्त्री पार्वत गुरुङ लगायतले सम्बोधन गर्ने बताइएको छ ।
नेपाल सरकारले तमु ल्होसारका अवसरमा विगत वर्षहरुमा दिन थालेको सार्वजनिक विदा गत वर्ष झैं यो वर्ष पनि दिएन । जसका कारण तमु गुरुङहरु न असन्तुष्ट बनेको देखिएको छ । यता गण्डकी प्रदेश सरकार तथा देशका विभिन्न स्थानका गुरुङ जातीको बाहुल्यता भएका वित्तीय तथा गैर वित्तीय संघ /संस्थाहरुले आज सार्वजनिक विदा दिएको जानकारी प्राप्त भएको छ ।
तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली , नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ,समाजवादी पार्टी , नेपालका अध्यक्ष उपेन्द्र यादव , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतले शुभकामना व्यक्त गर्नु भएको छ ।

Leave a Reply