२०७६ चेत्र २७ देखि ३० गतेसम्म हुने दोस्रो राष्ट्रिय सम्मेलनको तयारी गर्दै नेपाल कम्युनिष्ट पार्टी

0 Shares

निर्वाचन आयोगमा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी आफ्नो दोस्रो राष्ट्रय सम्मेलनको तयारीमा रहेको सोही पार्टीका सचिवालय सदस्य कृष्णहरि भट्टले सहकारी सञ्जाललाई बताउनु भयो ।

२०७६ मंसीर २८र २९ गते जनकपुर सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलको अध्यक्षता बसेको उक्त पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले त्यस पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन २०७६ चैत २७ गते देखि ३० गतेसम्म जनकपुरमा गर्ने निर्णय गरे अनुरुप त्यसलाई सफल पार्न सो सम्मेलनको तयारीका कार्यक्रमहरु भइरहेको भट्टको भनाई छ । सोही सम्मेलन सफल पार्न कृष्णहरि भट्टको नेतृत्वमा केन्द्रीय व्यवस्थापन समिति बनाइएको सोही दलका सचिवालय सदस्य तथा कार्यालय सचिव रत्नप्रसाद जोशीको भनाई छ ।

उक्त सम्मेलनको तयारीका लागि नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल सांस्कृतिक यूनियनको बैठक सोही यूनियनका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य राजेश बान्तवाको अध्यक्षतामा गएको शनिवार काठमाडौंको बागबजारमा बसी विभिन्न कार्यक्रम तय गरिएको जनाइएको छ । उक्त यूनियनको सदस्यमा मा प्रगतिशील लेखक संघ , नेपालकी प्रदेश नं.३ की सदस्य सीता निरौलालाई थपिएको अध्यक्ष बान्तवाले सहकारी सञ्जाललाई बताउनुभयो । प्रगतिशील सांस्कृतिक समाजको नाममा सञ्चालन भइरहेको उक्त संगठनको नाम परिवर्तन गरी अखिल नेपाल सांस्कृतिक यूनियन राखिएको बताइएको छ ।
केही समय अगाडि राजेश बान्तवाको नेतृत्वको वामपन्थी मञ्च तथा मिश्री मण्डलको नेतृत्वमा रहेको मानव दल ऋषि कट्टेल नेतृत्व रहेको नेपाल कम्युनिष्ट पार्टीमा विलय भएका थिए भने जीवेन्द्र शाही सहितका प्रगतिवादी धारका सांस्कृतिककर्मीहरु पनि सोही पार्टीमा आबद्ध हुनुभएको जनाइएको छ । त्यसैगरी विभिन्न वाम दल तथा समूहरुसँग एकताका लागि नेपाल कम्युनिष्ट पार्टीको छलफल चलिरहेको उक्त पार्टीले जनाएको छ ।

गण्डकी प्रदेश समिति गठन

नेपाल कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश स्तरीय अगुवा कार्यकर्ता मेला आज सम्पन्न भएको जानकारी प्राप्त भएको छ । सोही पार्टी वरिष्ठ नेता तथा गण्डकी प्रदेशका सल्लाहकार आर.वी. भण्डारीको संयोजन र सचिवालय सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज कृष्णहरि भट्टको अध्यक्षतामा सम्पन्न सो भेलाले रामराजा महत संयोजक तथा तेजबहादुर मल्ल , भक्तिप्रसाद शर्मा र विष्णुप्रसाद अधिकारी सदस्य रहेको गण्डकी प्रदेश समिति निर्माण गरेको छ । त्यस समितिको बैठक आउदो माघ ३ र ४ गते पोखरामा बस्ने बताइएको छ ।

Leave a Reply