ललितपुर महानगरपालिकाव्यापी मेयर कप टेवल टेनिस प्रतियोगिताको सेमी-फाइनल खेल हुँदै

0 Shares

ललितपुर महानगरपालिकाव्यापी मेयरकप टेवल टेनिस प्रतियोगिता अन्तर्गत यतिबेला सेमी-फाइनल खेलहरु भइरहेको ललितपुरको नागबहालमा रहेको बसुवर्ण बचत तथा ऋण सहकारी संस्था लि. का सचिव विभुशोन शाक्यले सहकारीलाई बताउनु भएको छ । ललितपुर महानगरपालिका वडा नं.१६ को आयोजना तथा बसुवर्ण बचत तथा ऋण तथा सहकारी संस्था लि., नागबहाल र नागबहाल टोल सुधार समितिको सह-आयोजनामा ललितपुरको नागबहालमा भइरहेको सो प्रतियोगिताको २०७६ कार्तिक ३० गते साँझ फाइनल खेल हुने र फाइनल खेल सकिएपछि उक्त प्रतियोगिताको समापन कार्यक्रम गरिने उहाँको भनाई छ । उक्त प्रतियोगिता अन्तर्गतका खेलहरु हरेक साँझ ५ बजेदेखि करिव १०:०० बजेसम्म सञ्चालन भइरहेको आयोजकले सहकारी सञ्जारलाई बताए । ललितपुर महानगरपालिकाका २९ वडा मध्ये अधिकांश वडाहरुको सो प्रतियोगितामा सहभागिता रहेको बताइएको छ । त्यस प्रतियोगिताको एक समारोहका वीच २०७६ कार्तिक २३ गते नागबहालमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गर्नु भएको थियो ।

Leave a Reply