चन्द्रागिरि साकोस , थानकोटका सदस्यहरुलाई बस भाडामा ४० प्रतिशत छुट हुने

0 Shares

काठमाडौंको थानकोट,चेकपोष्टमा आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालन भइरहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. र चन्द्रागिरि यातायात सेवा प्रा.लि.वीच चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्यहरुलाई २०७६ माघ १ गतेबाट लागू हुने गरी बसभाडामा ४० प्रतिशत छुट गर्ने विषयमा आज सम्झौता भएको जानकारी प्राप्त भएको छ ।
यो छुट सुविधा प्राप्त गर्नको लागि चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. का सदस्यहरुले विशेष प्रकारको स्टिकर टाँस भएको सदस्यता परिचय-पत्र आफूले सवार बसमा देखाउनु पर्ने र हालसम्म परिचय-पत्र प्राप्त गरिसकेका सदस्यहरुले चन्द्रागिरि साकोसको कार्यालयमा गई स्टिकर टाँस गर्नुपर्नेछ भने परिचय पत्र बनाईनसकेका सदस्यहरुले परिचय पत्र बनाउनको लागि आफ्नो नाम दर्ता गराउन सकिने चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को भनाई छ ।
हाल यो व्यवस्था चन्द्रागिरि यातायात सेवा प्रा.लि. सँग मात्र उपलब्ध रहेको जनाइएको छ । चन्द्रागिरि याताया सेवा प्रा.लि. झण्डै ८० वटा बसहरु भएको, अनुभवी र विश्वसंसनीय व्यक्तिहरुले सञ्चालन गरेको र काठमाडौं जिल्लाका प्रमुख स्थानहरुमा यातायात सेवा सञ्चालन गरेको कम्पनि भएको हुँदा चन्द्रागिरि साकोसले उक्त कम्पनिसंग सदस्य सेवा सम्बन्धी सम्झौता गरेको बताएको छ ।

Leave a Reply