पेट्रोल , डिजेल र मट्टितेलमा बढ्यो मूल्य

बुधबार मध्यरातदेखि नेपाल आयल निगम लिमिटेडले पेट्रोल , डिजेल र मट्टितेलमा प्रतिलिटर रु.२ मूल्य बढाएको जनाएको छ तर हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको बताइएको छ । मूल्य बढेसँगै काठमाडौं उपत्यकामा प्रतिलिटर पेट्रोलको मूल्य रु.१११ र डिजेल र मट्टितेलको रु.१०० पुगेको जनाइएको छ ।