ज्ञानबहादुर तामाङको अध्यक्षतामा सञ्चालक समिति चयन गर्दै जिल्ला सहकारी संघ लिमिटेड , काठमाडौंको २०औँ वार्षिक साधारणसभा सम्पन्न

४ वर्षे कार्यकाल रहने गरी राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक सदस्य तथा जिल्ला सहकारी संघ लिमिटेड , काठमाडौंका नि:वर्तमान उपाध्यक्ष ज्ञानबहादुर तामाङको अध्यक्षतामा
सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गर्दै जिल्ला सहकारी संघ लिमिटेड , काठमाडौं २०औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
सञ्चालक समितिको उपाध्यक्ष , महिला उपाध्यक्ष , महासचिव , सचिव र कोषाध्यक्ष क्रमश: खेमराज सुवेदी , सीता ढकाल , मनोज भण्डारी ,बालकुमार बाँस्तोला र सीता भट्टराई तथा
सञ्चालक समिति सदस्यहरुमा अमरावती महर्जन ,
रमेशकुमार बिडारी , सपना अर्याल ,रविन्द्र श्रेष्ठ , अर्जुन भट्टराई , सुदर्शन थापा र दयाराम प्रजापती रहनु भएको छ । त्यसैगरी लेखा सुपरीवेक्षण समिति
संयोजकमा सुमन केसी तथा सदस्यहरुमा देवकुमार श्रेष्ठ र गीता रेग्मी अर्याल चयन हुनु भएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड , काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईको अध्यक्षतामा योगम्बर पार्टी भेन्यूमा सम्पन्न सो साधारणसभाको राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालका अध्यक्ष केशवप्रसाद बडालले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै अध्यक्ष बडालले देशका ७७ वटा जिल्ला संघहरुमध्ये जिल्ला सहकारी संघ लिमिटेड , काठमाडौं देश कै केन्द्र राजधानीको जिल्ला भएकोले यस संघले अरुले भन्दा भिन्नै नमुना योग्य कार्य गर्नु पर्नेमा जोड दिनुभयो । सहकारी सामाजिक व्यवसाय भएकोले यसबाट धेरै नाफा खोज्ने भन्दा पनि समाज र राष्ट्रको हित हुने गरी सामाजिक उत्तरदायित्वका कार्य गर्नु पर्ने उहाँको भनाई थियो । । उहाँले जिल्ला सहकारी संघ लिमिटेड ,काठमाडौंको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति सहमती भई निर्विरोध चयन भएकोमा खुशी व्यक्त गर्दै नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिलाई बधाई ज्ञापन गरी कार्यकालको सफलताको कामना व्यक्त गर्नुभयो । साथै उहाँले यो नवनिर्वाचित टिमले यो संघको आफ्नै भवन बनाउन सकोस भनी शुभ-कामना व्यक्त गर्नुभयो । त्यसैगरी राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेतीले सो संघको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिलाई बधाई दिदै सहकारीको विकास र प्रवर्द्धनका लागि सबै सहकारी सघ/संस्थाहरुसँग राष्प्रिय सहकारी बैंक लिमिटेडले सहकार्य गरी अगाडि बढ्न चाहेको बताउनुभयो ।
त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड ,नेपालका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल , उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघ , ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्ल , लेखा सुपरीवेक्षण समिति संयोजक धर्मदत्त देवकोटा , जिल्ला सहकारी संघ लिमिटेड , काठमाडौंका सल्लाहकार गोविन्दप्रसाद शर्मा ,नेफस्कूनका अध्यक्ष परितोष पौड्याल ,वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सञ्चालक सदस्य तथा बहुउद्देश्यीय सहकारी संघ लिमिटेड , काठमाडौंका अध्यक्ष मनोज थापा मगर लगायतले सो साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै उक्त संघको नवनिवार्चित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । सो साधारणसभाका अध्यक्ष टेकप्रसाद चौलागाईले त्यस सभामा उक्त संघको वार्षिक प्रतिवेदन पेश गर्दै काठमाडौं जिल्लाभित्र रहेका सहकारी संघ/संस्थाहरुको प्रवर्द्धन , सम्बर्द्धन , संरक्षण र सशक्तिकरणका साथै सहकारीको माध्यमबाट आर्थिक , सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पु-याउनको लागि सबै सहकारी संघ/संस्थाहरुको क्षमता विस्तार गर्दै प्रभावकारी र विश्वसनीय सहकारी व्यवसाय र सेवाको प्रवाह गर्नु यस संघको प्रमुख धेय रहेको बताउदे नयाँ साथीहरुलाई नेतृत्व विकास गर्नुपर्छ भन्ने मान्यताका साथ म आफू नेतृत्व हस्तान्तरणको अवस्थामा छु भन्नुभयो । सहमतीका आधारमा यस संघको नयाँ नेतृत्व निर्विरोध चयन भएकोमा खुशी व्यक्त गर्दै सहकारी क्षेत्रमा बनेको यो सहमतीय संस्कृतिलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भएको थियो । त्यस सभामा सोही संघका कोषाध्यक्ष मनोज भण्डारीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक केशवप्रसाद पोखरेलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । छलफल गरी उक्त साधारणसभाबाट पारित भएका प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा त्यस संघमा सदस्य संख्या १,९२३ , शेयर पूँजी रु.१,०२,५२,००० , निक्षेप संकलन रु.१,००,५४२ र नाफा रु.२,५६,२९५.४० रहेको उल्लेख छ ।