छहारी साकोस ,गाम्चाद्वारा सम्मान कार्यक्रम सम्पन्न

0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका-४ ,गाम्चा चोकमा आफ्नै भवनबाट स्थानीय समुदायमा आधारित रही सञ्चालन भइरहेको छहारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा मनोनित हुनुभएका सल्लाहकार कृष्णबहादुर खड्का, प्राबिधिक सल्लाहकार जनक न्यौपाने, कानुनी सल्लाहकार अजय श्रेष्ठ, नव नियुक्त लेखा सुपरीवेक्षण संयोजक सम्राट खड्का तथा मुल्यांकन कर्ता प्रवेश शंखदेवलाई सोही संस्थाका अध्यक्ष कृष्णहरि खबाकाले त्यसै संस्थामा आयोजित कार्यक्रममा स्वागत तथा सम्मान गर्नु भएको छ ।

त्यस अवसरमा उहाँले- यस गरिमामय पदमा तपाईहरुको आगमनले धेरै साथ, सहयोग र उर्जा मिल्ने अपेक्षा राखेका छौ भन्दै उहाँहरुलाई कार्यकालको सफलताको लागि शुभकामना दिनुभयो ।

Leave a Reply