चमेली कल्याणकारी साकोस , विरुवाले ग-यो हाजिरी जवाफ प्रतियोगिता

0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका -१ , विरुवामा आफ्नै भवनबाट सञ्चालन भइरहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शिक्षा ,तालिम तथा सूचना उप-समितिको व्यवस्थापनमा आज नावालक सदस्यहरू वीच हाजिर जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको जानकारी प्राप्त भएको छ।

सो कार्यक्रममा ६ वटा समूहको सहभागिता रहेको बताइएको छ । सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सो कार्यक्रम सञ्चालन गरेको उक्त संस्थाको भनाई छ । सहकारी मूल्य , मान्यता र सिद्धान्तलाई आत्मसाथ गरी राम्रोसँग सञ्चालन भइरहेको त्यस संस्थाले आर्थिक , सामाजिक तथा सांस्कृतिक रुपमा आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग गरिरहेको देखिएको छ ।

Leave a Reply